उपत्यका
-
२०७७ कार्तिक ३, सोमबार
रानीपोखरीको उद्घाटन कात्तिक ५ गते हुने
काठमाडौं - पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन यही कात्तिक ५ गते हुने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन हुने भएको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार उक्त दिन बिहान प्रतापमल्लकालीन न्हुँपोखरी उद्घाटन हुने छ । तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा...
-
२०७७ कार्तिक २, आइतबार
लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत
ललितपुर – लगनखेल बजारका अधिकांश मासु पसल मापदण्डविपरीत भेटिएका छन् । ललितपुर महानगरपालिकाका प्रतिनिधिले शनिबार लगनखेलमा गरेको बजार अनुगमनका क्रममा ती पसल मापदण्डविपरीत पाईएको हो । महानगरपालिकाका पशु चिकित्सक राजेन्द्र विष्टले लगनखेलका सात मासु पसलको अनुगमन गर्दा अधिकांश पसलले बिक्रीस्थल सफा नराखेको, मासु राख्ने फ्रिजहरु फोहर भएका र गन्हाउने मासु पनि भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले...
-
२०७७ कार्तिक २, आइतबार
क्योकुशिन सेइसिन काईकानले भक्तपुरमा विद्यालय पोशाक वितरण
नेपाल क्योकुशिन सेइसिन काईकान कराँते संघको आयोजनामा आशापुरी डोजो भक्तपुरमा घटस्थापनाको दिन पारेर शुभकामना आदान प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रम आयोजना गरेको छ । बडा दशैं , तिहार , नेपाल सम्बत न्हू दँ ११४१ तथा छठ पर्वको अवसर पारेर आयोजित ‘शुभकामना आदान-प्रदान तथा विद्यालय पोशाक वितरण कार्यक्रमका क्रममा आशापुरी डोजो भक्तपुरको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम पनि सञ्चालन गरिएको थियो । उक्त...
-
२०७७ कार्तिक १, शनिबार
भक्तपुरमा पनि अत्यावश्यक बाहेकका सेवा स्थगित
भक्तपुर – उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि आइतबारदेखि नै लागू हुनेगरी अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गर्ने निर्णय गरेको छ । ‘पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को संक्रमणदर अत्यधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भिडभाड अत्यधिक भइ संक्रमण सेवाग्राहीमा समेत फैलन सक्ने उच्च जोखिम रहेका कारण कोभिड–१९ संकट...
-
२०७७ कार्तिक १, शनिबार
आइतबारदेखि ललितपुरमा अत्यावश्यक बाहेका सेवा स्थगित
ललितपुर – कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेका सेवा स्थगित गर्ने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर अत्याधिक रूपमा बढिरहेले सेवाग्राहीको भीडभाड अत्याधिक भई संक्रमण फैलन सक्ने उच्च...
-
२०७७ आश्विन ३०, शुक्रबार
काठमाडौँ महानगरपालिकाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान
काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विभिन्न १० विधाका १० जना युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजान उदेश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको कुराको जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ । यहि उदेश्य अनुरुप आज काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख...
-
२०७७ आश्विन ३०, शुक्रबार
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मेयर शाक्यको आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वतः कमजोर हुने बताउनु भएको छ । आज शुक्रबार शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा बोल्नु हुँदै प्रमुख शाक्यले यस्तो बताउनु भएको हो । प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण...
-
२०७७ आश्विन २९, बिहिबार
ललितपुरमा मात्र सक्रिय सङ्क्रमित २५ सय बढी, ४८ को मृत्यु
ललितपुर – ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख...
-
२०७७ आश्विन २९, बिहिबार
ललितपुरमा मात्र सक्रिय सङ्क्रमित २५ सय बढी, ४८ को मृत्यु
ललितपुर – ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार १५८ र अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०३ पुगेको स्वास्थ्य कार्र्यालय प्रमुख...
-
२०७७ आश्विन २९, बिहिबार
उपत्यकाका १९ सय ३४ सहित ३७ सय ४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ३४ जना सहित ३७ सय ४९ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा १६ सय ९२ , ललितपुरमा १३४ र भक्तपुरमा १०८ जना गरी १९ सय ३४ जनामा संक्रमण देखिएको छ । यसैगरी बिहीबार मात्रै १९ जनाको मृत्यु भएसँगै नेपालमा...
-
२०७७ आश्विन २९, बिहिबार
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा थप ३ वटा शवदाहगृह बन्ने
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुने भएको छ । आज काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र...
-
२०७७ आश्विन २७, मंगलबार
काठमाडौं जिप्रकामा अत्यावश्यकबाहेकका सबै सेवा स्थगित
काठमाडाैं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको जनाएकाे छ । त्यसैले संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा...


