STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुर तलेजुमा बलिरहित पूजा

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ७, शुक्रबार

भक्तपुर – भक्तपुरकाे तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ ।

हरेक वर्ष बडादशैँको. फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो । 

तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उहाँले जानकारी दिनुभयो । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो । 

तलेजुलाई मूल चोकको दशैंघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादशैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिनुभयो । 

त्यसैगरी यस वर्ष कुमारीलाई क्वाठण्डाैंस्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने  ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौँमा नै राखेर पूजा गरिएको छ ।

 

Categorized in उपत्यका