STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ महानगरका सबै वडा कार्यालय सुविधा सम्पन्न बन्नेछन् : मेयर शाक्य

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक ७, शुक्रबार

काठमाडौँ महानगरपालिकाकाले आफ्नो केन्द्रीय कार्यालयसँगै ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने नीतिलाई निरन्तरता दिने नीति लिए अनुरुप  आज  शुक्रबार  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–९ को वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । 

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले आफ्नै कार्यकालमा केन्द्रीय कार्यालयलगायत ३२ वटै वडा कार्यालय भवन सुविधा सम्पन्न र सेवाग्राही मैत्री बनाउने भनेर गरेको निर्णयलाई पुर्णता दिएरै छाड्ने बताउनु हुँदै  काठमाडौँ महानगरपालिकाले पनि  छिट्टै महानगरपालिकाे अाफ्नो भवनको पनि शिलान्यास गर्ने तयारी गरेको कुरा पनि बताउनु भएको छ ।

काठमाडौँ महानगरपालिकाका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को भवन निर्माणका क्रममा डिपिसि चरणमा पुगेको छ भने भवन निर्माणकर्ता छनौटका लागि वडा २, १२, २१, २९ र ३२ खरिद प्रक्रियामा रहेका छन् भन्ने जानकारी प्राप्त भएको छ भने वडा २० र १६ को डिजाइन सकिएर खरिद प्रक्रियामा जाने चरणमा पुगेको छ र वडा २३ र ३० को जग्गा खरिद गर्नका लागि बजेट बिनियोजन गरिएको थाहा हुन अाएको   छ । केही दिन अघि मात्रै प्रमुख शाक्यले नै वडा २२ को वडा कार्यालय भवन शिलान्यास गर्नुभएको थियो ।  

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका सम्पदा निर्माण, पुनः निर्माणका काममा पनि त्यत्तिकै सक्रिय रहेको जानकारी दिनुभयो । उहाँले रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भई राष्ट्रपतिबाट उद्घाटन भएको जानकारी दिनु हुँदै  रानीपोखरीको चरणबद्ध रुपमा गर्नुपर्ने धेरै काम बाँकी रहेको कुरा पनि बताउनु भयाे ।   

कार्यक्रममा सम्बोधन गर्दै वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले करीब ४५ वर्षदेखि जिर्ण रहेको भवनबाट सेवा दिदैँ आएका वडा–९ ले सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउँदा खुशी लागेको बताउनुभयो । वडा सदस्य सिर्जना भेटवालले जिर्ण भवनबाट पनि सेवाग्राहीलाई निरन्तर सेवा दिएको स्मरण गराउँदै कोभिड–१९ को जोखिमका बेला सुविधा सम्पन्न भवनबाट सेवा दिने अवसर प्राप्त भएको बताउनुभयो ।

Categorized in उपत्यका