STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

तीनकुनेको खाली जग्गामा गुर्जो रोपियो

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १५, शनिबार

काठमाडाैं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ ।

त्यस्तै आजै शनिबार मात्र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको विरूवा रोपिएको छ ।

शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखप्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवारोपिएको हो ।

‘फ्रन्ट लाईनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाईरस संक्रमणको जोखिम ज्यादा छ ।’ एसएसपी भिम प्रसाद ढकालले भन्नुभयो- “त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाईदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो ।”

आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह-सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेको थियो ।

Categorized in उपत्यका