STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सत्यमोहन लोकसाहित्य भवनका लागि वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा १४लाख आर्थिक सहयोग

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ कार्तिक १५, शनिबार

वर्ल्ड नेवाः अर्गनाइजेशनद्वारा शताब्दी पुरुष संस्कृतिबिज्ञ सत्यमोहन जोशीको निवासमा निर्माण भई रहेको सत्यमोहन लोकसाहित्य भवन निर्माणमा सहयोग स्वरुप १४ लाख रुपिंया हस्तान्तरण गरेको छ ।

सहयोगको रकम हस्तान्तरण कार्यक्रममा  परिषदका राजितबहादुर श्रेष्ठले परिषदको भवन निर्माण गर्न सांसद कृष्णलाल महर्जनद्वारा सांसद कोष ५० लाख  रुपिंया प्रदान गरेपछि आरम्भ भएको बताए  ।   

यसमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतकाे आर्थिक सहयोग प्राप्त भएपछि अहिलेको ढाँचामा आएको बताए । 

कार्यक्रममा शताब्दि पुरुष सत्यमोहन जोशीले सो भवन लोकसाहित्य  विषयमा अध्ययन अनुसन्धानकर्ताहरूका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । 

वर्ल्ड नेवाः अर्गनाइजेशन नेपाः च्याप्टरका अध्यक्ष शाक्य सुरेनले सो कार्यक्रममा सत्यमोहन लोकसाहित्य भवन निर्माण जस्तो पवित्र कार्यको लागि आर्थिक सहयोग जुटाउने कार्यमा आफु सहयोगी हुन पाएकोमा खुशी लागेको बताए ।

Categorized in उपत्यका