STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ भाद्र ४, बिहिबार

    उपत्यकामा आजदेखि निषेधाज्ञा : के गर्न हुने र के गर्नु नहुने

    काठमाडौँ – उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश कार्यान्वयनमा आइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त आदेश भदौ १०...

  • २०७७ भाद्र ४, बिहिबार

    निषेधाज्ञा पालना नगर्नेहरु होल्डमा, होल्ड सवारी बेलुका ८ बजेपछि मात्र दिइने

    काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपछि उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना...

  • २०७७ भाद्र ४, बिहिबार

    कोरोनाको कारणले सन्चार क्षेत्रमा पारेको प्रभाव र समाधानबारे अन्तरक्रिया

    नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना मा काेभिड- १९ को जाेखिम, सञ्चार गृह र सञ्चारकर्मिमा परेको प्रभाव न्यूनीकरणको उपाय विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । दबूका केन्द्रिय अध्यक्ष सुरजबीर बज्राचार्यको सभापतित्वमा भएको सो अनलाइन सम्मेलनको सहजीकरण दबुका सचिव के के मानन्धरले गर्नु भएको सो कार्यक्रममा दबुका महा सचिव सुनिल महर्जनले स्वागत मन्तव्य राख्दै सम्मेलनको उद्देश्यमाथि प्रकाश...

  • २०७७ भाद्र २, मंगलबार

    भोलि मध्यरातदेखि उपत्यकामा एक साता निषेधाज्ञा

    काठमाडौं – कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए । निषेधाज्ञा जारी भएपछि अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु...

  • २०७७ श्रावण ३२, आइतबार

    भदौ १ देखि कीर्तिपुर लकडाउन

    ललेन्द्र शाक्य कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भदौ १ गतेदेखि ९ गतेसम्म कीर्तिपुर नगरपालिका लकडाउन हुने भएको छ । कीर्तिपुर नगरपालिका जनचेतना र लकडाउन सुशासन अनुगमन समितिको संयोजनमा आइतबार बसेको आकस्मिक बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । कोरोना भाइरस कोभिड १९ को संक्रमण न्यूनीकरण र नियन्त्रण गर्न भदौ ९ गतेसम्म सार्वजनिक यातायात समेत बन्द गरिने निर्णय सो बैठकले गरेको छ । लकडाउनको अवधिमा औषधि...

  • २०७७ श्रावण ३२, आइतबार

    मध्यपुर थिमीमा भदौ ९ सम्म लकडाउन

    काठमाडौं – कोरोना जाेखिम बढेसँगै मध्यपुर थिमी नगरपालिकाले पनि लकडाउन जारी गरेकाे छ। आजबाट भदौ ९ गतेसम्मका लागि लकडाउन लागु गरिएकाे नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन्ल ।  समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि लकडाउन गरेको हो ।  नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जना कोरोना सङ्क्रमित पुष्टि भएकाे छ । लकडाउनपछि पसल, व्यवसाय ठप्प भएको छ । अत्यावश्यक सामान...

  • २०७७ श्रावण ३१, शनिबार

    बूढानीलकण्ठमा पाँचभन्दा बढी भेला हुन प्रतिबन्ध

    बूढानीलकण्ठ – बूढानीलकण्ठ नगरपालिका–१० मा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ । केही समयदेखि वडामा कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको जनाउँदै यही साउन २९ गते बसेको वडास्तरीय विपद् व्यवस्थापन समितिले वडाभित्र कुनै पनि स्थानमा पाँच जनाभन्दा बढी भेला हुन प्रतिबन्ध गरेको हो । त्यस्तै वडाभित्रका मिलनचोक तरकारी बजार, आकाशेधारा ह्यान्डबल ग्राउण्ड एरिया, बालुवाखानी चोक, रुद्रमती चोक र फ्रेन्डसिप...

  • २०७७ श्रावण ३१, शनिबार

    नेपाल कोरिया अस्पतालका कर्मचारीमा स‌ंक्रमण • आईसीयू, ओपीडी सेवा बन्द

    काठमाडाैं – नेपाल कोरिया मैत्री अस्पतालका ३ जना स्टाफ नर्ससहित ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आईसीयू, ओपीडी लगायत सेवा बन्द भएका छन् । मध्यपुर थिमिकाे साे अस्पतालमा कार्यरत नर्स र कर्मचारीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । अस्पताल प्रशासनले तत्कालकाे लागि अस्पातालको आईसीयू, ओपीडी लगायत सेवा बन्द गर्ने निर्णय गरेको हो । संक्रमित चारै जनालाई अस्पतालमै आइसोलेसन गरेको जनाएको छ ।...

  • २०७७ श्रावण ३१, शनिबार

    सानेपामा विपन्नका लागि ‘अक्सिजन बैंक’

    काठमाडौँ – आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आवश्यक अक्सिजन निःशुल्क प्रदान गर्ने उद्देश्यले सानेपामा ‘अक्सिजन बैंक’ स्थापना गरिएको छ । लाइन्स क्लब अफ काठमाडौँ समपर्णले आर्थिक रुपमा विपन्न कोरोना सङ्क्रमित परिवारको उपचारका लागि आवश्यक अक्सिजन प्रदान गर्न २०० सिलिन्डर अक्सिजनसहित ‘अक्सिजन बैंक’ स्थापना गरेको हो । स्थापना गरिएको बैंकको आज लाइन्स क्लब वी वानका ड्रिष्टिक...

  • २०७७ श्रावण ३०, शुक्रबार

    शिक्षण अस्पतालका थप ४ स्वास्थ्यकर्मीमा संक्रमण

    काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जका थप ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । योसँगै शिक्षण अस्पतालमा २२ जनालाई कोरोना पुष्टि भएको छ। संक्रमण बढेसँगै अस्पतालकाे इमर्जेन्सी वार्ड सिल गरिएकाे छ । गत बुधबार इमर्जेन्सी वार्डमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूको सम्पर्कमा आएका लगभग १ सय स्वास्थ्यकर्मीको स्वाब संकलनका लागि पठाइएको थियो। तीमध्ये थप ४ जनामा...

  • २०७७ श्रावण ३०, शुक्रबार

    बिरामीको सही जानकारी नदिँदा निदान अस्पतालबाट यसरी फैलियो कोरोना भाइरस

    ललितपुरको पुल्चोकस्थित निदान अस्पतालले बिरामीको सही जानकारी नदिँदा कोरोना भाइरसको संक्रमण फैलाएको गम्भीर आरोप खेप्न पुगेको छ । बिरामीबारे जानकारी दिँदा अस्पतालमा अन्य बिरामी नआउने भय हुने भन्दै प्रशासनले चलाखी गर्न खोज्दा त्यहाँका तीन जना स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् । निदानमा पाँच जनामा संक्रमण भएको स्रोतले बताएको छ । अहिले निदानमा तीन जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ । घटना...

  • २०७७ श्रावण ३०, शुक्रबार

    भदाै १५ सम्म उपत्यकामा कडिकडाउ • विभिन्न निषेधाज्ञा जारी

    काठमाडौँ – कोराेना संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका तीन जिल्लामा कडिकडाउ गर्नुका साथै विभिन्न प्रकारका निषेधाज्ञा जारी भएकाे छ । काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त जिल्ला सुरक्षा समिति बैठकले उपत्यकामा तीनै जिल्लामा तीन दर्जन भन्दा बढी सेवा र व्यापार/व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । अर्को निर्णय नभएसम्मका लागि उपत्यकामा खुल्ला स्थानमा मानिस भेला/जम्मा हुन, भीडभाड गर्न, सभा र जुलुस गर्न...

Pages