STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निःशुल्क भोजनको लागि प्रसुति गृहनजिकै थापाथलीमा व्यवस्था ‍गरियाे

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ३, बुधबार

काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमति अनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथलीनजिकै भोजन गराउने कार्य सुरु भएको छ ।  

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा निेःशुल्क भोजनका लागि आएका असहाय, अशक्तलाई उनीहरुलाई भोजन गराउने संघ–संस्थाकै अनुमतिमा  महानगरपालिकाको पहलमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नजिक लागि खानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

सापटकोटाले अहिले पनि खुलामञ्चमा निःशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचका निरन्तर छलफल भइरहेको भन्दै पार्टी प्यालेसजस्ता बन्द ठाउँमा व्यवस्थित ढंगले भोजन गराउने पहल भैरहेको जानकारी दिनुभयो । 

मेयरसाबले सार्वजनिक गाडी बढी मात्रामा ओहोर–दोहोर गर्ने ठाउँमा खाना खुवाउनुको सट्टा विकल्प खोजौँ भनेपछि त्यही अनुसार  व्यवस्था गरिन् लागेका बताउँदै मेयर शाक्यले पूर्व, उत्तर, दक्षिण पायक पर्ने पाँच–छ ठाउँमा व्यवस्था गर्नुहोस भन्नुभएको कुरा पनि सापकोटाले बताउनुभयो र  त्यसो गर्दा खुलामञ्च जस्तो दुर्घटनाको डर पनि नहुने । धुलो, धुवाँ पनि नहुने भन्ने मेयरको भनाई रहेकोछ ।

काठमाडौं महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरिक रुपमा काम गर्न नसक्ने महानगरवासीलाई काठमाडौ महानगरपालिकाको सहकार्यमा संचालित मानव सेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको सुविधा उपलब्ध गराएको भन्दै त्यस्ता नागरिकलाई नजिकका वडा कार्यालय वा सिधै मानव सेवा आश्रममा सम्पर्क गर्न अपिल समेत गर्दै आएको छ ।  दुई दिन अघि मात्रै खुलामञ्च नजिकै, भद्रकाली र लाजिम्पाट आसपासबाट काठमाडौं महानगरपालिको सहकार्यमा मानवसेवा आश्रमले पाँच  जनाको उद्दार गरेको जानकारी पनि सापकोटाले दिनुभयो । 

काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायात सुचारु भएको, सार्वजनिक स्थलहरुमा भिडभाड वढेको, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा समेत जटिलता पैदा भएको भन्दै वैकल्पिक व्यवस्थाका लागि पहल गर्दै आएको छ ।

Categorized in उपत्यका