STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शनिबार शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण हुँदै

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर ५, शुक्रबार

काठमाडौं – नेपालको मौलिक संवत् नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः तथा नेपाल संवत् नववर्षको र्याली सुरु गर्ने अगुवा व्यक्तित्व एवं मानवअधिकार आन्दोलनका अग्रज दिवंगत पद्मरत्न तुलाधरको शालिक भोलि शनिवार अनावरण गरिने भएको छ ।

काठमाडौं महानगरपालिकाको आयोजनामा काठमाडौंको पुरानो रत्नपार्कस्थित शंखधर पार्कमा शंखधर साख्वाः र पद्मरत्न तुलाधरको शालिक अनावरण हुन लागेको हो । शालिक अनावरण कार्यक्रममा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ प्रमुख अतिथिको रुपमा आउनुहुने जनाइएको छ ।

शनिबार नेसं ११४१ कछलाथ्व सप्तमी (मंसिर ६ गते) बिहान ८ बजे हुने सो शालिक अनावरण कार्यक्रममा उपस्थितिको लागि काठमाडौं महानगरपालिकाले आह्वान समेत गरेको छ ।

 

Categorized in उपत्यका