STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महानगरपालिका क्षेत्रभित्र जथाभावी पार्किङमा कडाई गरिने

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर ४, बिहिबार

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० ओटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई  कारवाही गरेका हुन् । 

प्रहरी वरिष्ठ उपरीक्षक ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भिडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताउनुभयो । 

उहाँले काठमाडौ महानगरपालिकाको सहकार्यमै उपत्यकाका विभिन्न चोकहरुमा डमी ट्राफिक प्रहरीको प्रयोग गरी ट्राफिक नियम पालना गराउने, नागरिकलाई सचेत गराउने र सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ट्राफिक जनचेतनाका लागि सांगीतिक डमी अभियानको सुभारम्भ गरिसकेको समेत जानकारी दिनुभयो ।  

काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपती सापकोटाले आज मात्रै ‘नो पार्किङ एरिया’ तथा फूटपाथमा पार्किङ गरेर राखिएका ३० ओटा मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेको जानकारी दिनुभयो । यो अभियान निरन्तर चल्ने कुरा बताउँदै     उनीहरुलाई कागजपत्र हेरेर १ हजार जरिवना तिराउँदै आएको कुरा पनि उहाँले जानकारी दिनुभयो  ।

Categorized in उपत्यका