STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७७ मङ्सिर १६, मंगलबार

    काठमाडौंमा सभा, जुलुस र प्रदर्शन गरे कारबाही

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस, प्रदर्शन र अभियान संचालन नगर्न आग्रह गर्दै अटेर गरे कारबाही गरिने जनाएकाे छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमणको अवस्था भयावह रहेको भन्दै काठमाडौं प्रशासनले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो। प्रशासनले काठमाडौंमा मानिसको भीडभाड अत्यधिक भएको भन्दै कोरोना संक्रमण रोकथाममा निकै चुनौति थपिएको जनाएको छ। 'पछिल्लो समय जिल्लामा विभिन्न...

  • २०७७ मङ्सिर १४, आइतबार

    जात्रा पर्वहरु संयमित भई मनाउन शताब्दिपुरुष जोशीको आग्रह

    वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले कोरोना भाइरसको महामारीमा हामीले संस्कृति, जात्रापर्व संयमित भएर मनाउनुपर्ने सन्देश दिनुभएको छ । यस्ता महामारीलाई हलुका रुपमा लिनु हुँदैन । जात्रा, चाडपर्व मनाउनै कर लागेमा विधि पूरा गरी छोट्याएर गर्न सकिन्छ । यसपालिको कात्तिक नाच दुई मात्र मञ्चन भयो । यसलाई राम्रो उदाहरणको रुपमा लिन सकिन्छ भन्ने राय वाङ्गमय शताब्दि पुरुष जोशीको रहेको छ । नेवाः पत्रकार राष्ट्रिय...

  • २०७७ मङ्सिर १४, आइतबार

    सहायको आश्रयस्थल तारकेश्वरमा बन्ने, शाक्य नेतृत्वको टोलीद्वारा स्थलगत निरीक्षण

    बेसहारा तथा सहयोगापेक्षी सडक मावनको व्यवस्थापनका लागि काठमाडौँको तारकेश्वरस्थित मानवसेवा आश्रमको प्रस्तावित भवन निर्माणस्थलको आज प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्य र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहितको टोलीले स्थलगत निरीक्षण गरेको छ । उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेको शाक्य नेतृत्वको टोलीमा  काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाका प्रतिनिधिसमेत सहभागी...

  • २०७७ मङ्सिर ११, बिहिबार

    कार्तिक नाचको बराह भगवानले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने

    पाटन दरबार क्षेत्र मंगलबजारस्थित   हरेक वर्ष कार्तिक महिनामा मन्चन गरिने पौराणिक नृत्य अन्तर्गत देखाइने  कार्तिक डबलीमा बेलुक भोलि शुक्रबार बराह नाच देखाइने भएको छ । भगवान् विष्णुको तेस्रो अवतार वराहको नाच हो । कार्तिक नाच अन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो ।   सयवर्ष  अगाडि देखि बराह अवतारले लगाउने मुकुट करिब सय वर्षपछि फेरिने भएको छ । पुरानो र जीर्ण भइसकेकोले मुकुट फेर्न...

  • २०७७ मङ्सिर १०, बुधबार

    ज्याठा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणका लागि शिलान्याश सम्पन्न

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज ज्याठा पञ्चदान गुठी प्रजापति खल भवन निर्माणको शिलान्यास गर्नुभएको छ । वडा २५ ज्याथा द्योलुवीमा खलःले आयोजना गरेको कार्यक्रममा मेयर शाक्यले उक्त भवनको शिलान्यास गर्नुभएको हो ।  यसमा निर्माण हुने भवनको नक्सा दस्तुर मिनाहा गर्ने प्रस्तावमा छलफल गर्दै असोज १८ गते बसेको कार्यपालिका बैठकले ३ लाख १५ हजार ८०५ रुपैयाँ दस्तुर मिनाहा गर्ने निर्णय गरेको...

  • २०७७ मङ्सिर १०, बुधबार

    यस वर्ष कात्तिक नाच नरोकिने, १८ वर्षमुनि र ६० वर्ष माथिकालाई संलग्न नगराइने

    ललितपुर – आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भनिएको कात्तिक नाट्य महोत्सवमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने भएको छ । मुलुकमा फैलिरहेको महामारीका कारण यही मङ्सिर १२ र १३ गते दुई दिन मञ्चन हुने भएको नाचमा यस वर्ष कोभिडलाई ध्यानमा राखी उक्त निर्णय गरिएको हो । अठार वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा यसबाहेक अन्य उमेर समूहका...

  • २०७७ मङ्सिर १०, बुधबार

    माइतीघरदेखि तीनकुनेसम्मका ५१ वटा साइनबोर्ड महानरपालिकाले हटाए

    काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्मका सडक, आइल्याण्ड र बिजुलीको पोलमा नेपाल टेलिकम र कृषि विकास बैङ्कले राखेका   ५१ वटा विज्ञापन बोर्ड हटाएको छ । ट्राफिक आइल्याण्ड मर्मत, सम्भार तथा व्यवस्थापन र हरियाली प्रबर्द्दनका लागि सामाजिक उत्तरदायित्वअन्तर्गत बिभिन्न पक्षसँग गरेका सहमति कार्यान्वयनमा नआएपछि काठमाडौं महानगरपालिकाले ती विज्ञापन बोर्ड हटाएको हो ।  माइतीघर मण्डलाको सौन्दर्यीकरण...

  • २०७७ मङ्सिर १०, बुधबार

    शंखधर स्मृति प्रतिष्ठान गठन गरिने

    काठमाडौं – नेपाल संवत् ११४१ नववर्ष तथा शंखधर दिवसको अवसरमा काठमाडौं महानगरपालिका २० वडा रामघाटस्थित शंखधर पुलमा अवस्थित शंखधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ । स्थानीयबासी लोककवि राजभाइ जकःमिको अध्यक्षतामा २० वडाअध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इमेज च्यानलका ज्योति ताम्राकार एवं गायक पवित्र कसाः अतिथिको रुपमा उपस्थित थिए । सुजित बैद्यले...

  • २०७७ मङ्सिर ९, मंगलबार

    सुशासन पत्रकारिता पुरस्कारसहित २६ औं महानगर दिवस मनाइने

    काठमाडौं महानगरपालिकाको ५३ औं कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका आचार संहिता, कार्यविधि २०७७ र नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धि कार्यबिधि २०७७ तर्जुमालागि सैद्धान्तिक सहमति दिएको छ।  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा सम्पन्न ५३ औं कार्यपालिकाको बैठकले नवलपरासीको रामग्राम नगरपालिकाले आयोजना गर्ने भगिनी सम्बन्ध स्थापना हस्ताक्षर कार्यक्रममा सहभागी हुने निर्णय...

  • २०७७ मङ्सिर ९, मंगलबार

    शंखधरको अझ भव्य सालिक बनाउने मेयर विद्यासुन्दर शाक्यको दावी

    काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय विभूति शंखधर साख्वाःको सालिक राख्ने उपयुक्त स्थान उपलब्ध भएमा त्यहाँ महानगरपालिकाबाट अझ भव्य सालिक स्थापना गर्ने बचन दिनुभएको छ ।  काठमाडौंको पुरानो रत्नपार्कको नाम परिवर्तन गरी शंखधर पार्क नामाकरण गरिएको र त्यहाँ शंखधर साख्वाःको सालिक स्थापना गरिएको बारे आइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।  राष्ट्रिय...

  • २०७७ मङ्सिर ९, मंगलबार

    बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने

    काठमाडौं - हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको छ । बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने...

  • २०७७ मङ्सिर ८, सोमबार

    काठमाडौं र भक्तपुरका सिडिओ फेरिए

    काठमाडौं – काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा गरिएकाे छ ।  काठमाडौंमा काली पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई गएका छन् । दाहाल र पाण्डे दुवैले एक वर्ष कार्यअवधि पूरा गरेपछि सरुवा गरिएको गृहका एक अधिकारीले बताए । काठमाडौका नयाँ सीडीओ पराजुली अख्तियार दुरुपयोग अनुसन्धान...

Pages