STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०७७ भाद्र १५, सोमबार

    सीताराम हाछेथु ललितपुर नगर प्रहरी प्रमुख नियुक्त

    ललितपुर : ललितपुर महानगरपालिकाले ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी दिएको छ। ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित ललितपुर महानगरपालिकाले आइतबार नियुक्त गरेको हो। महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको...

  • २०७७ भाद्र १५, सोमबार

    काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

    काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि दुवैकाे स्वाब परीक्षण गरिँदा मेयर शाक्यकाे रिपाेर्ट पाेजेटिभ आएकाे जनाइएकाे छ । मेयर शाक्यको सचिवालयले जनाए अनुसार दुई दिनअघि स्वाब दिएका शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएको छैन । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण नदेखिएको...

  • २०७७ भाद्र १४, आइतबार

    भक्तपुरमा कोरोना संक्रमित एक पुरुषकाे मृत्यु

    भक्तपुर – घरमै बसी उपचार गराइरहेका काेराेना संक्रमित एक पुरुषकाे मृत्यु भएकाे छ । भक्तपुर दूधपाटी निवासी  ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएकाे छ । यससँगै भक्तपुरका कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । भक्तपुर नपाका भने यो दोस्रो मृत्यु हो । मृतक मधुमेह र उच्च रक्तचापका बिरामी र श्वासप्रश्वासमा समस्या आएपछि बिहीबार अस्पताल लगिएको...

  • २०७७ भाद्र १४, आइतबार

    ललितपुरका २९ वर्षीय काेराेना संक्रमितकाे पाटन अस्पतालमा मृत्यु

    ललितपुर – पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना स‌ंक्रमित पुरुष मृत्यु भएको छ। कोरोना संक्रमण देखिएपछि साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।  

  • २०७७ भाद्र १३, शनिबार

    संक्रमण राेकथाममा भक्तपुरले थाल्याे तीव्र तयारी

    भक्तपुर – जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएपछि यसलाई रोक्न भक्तपुरमा तीव्र तयारी शुरु गरिएको छ । जिल्लामा क्वारेन्टिन, आइसोलेसनदेखि पिसिआर परीक्षणलाई समेत फराकिलो बनाउँदै सङ्क्रमण रोकथामका लागि नगरपालिकाहरुले समेत आ–आफ्नो योजना अगाडि सारेका छन् । भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जिल्लामा बढ्दो सङ्क्रमण रोक्न र सबै अस्पतालमा सहज उपचारको व्यवस्थापन गर्ने...

  • २०७७ भाद्र १३, शनिबार

    पाटन अस्पतालमा दुई संक्रमितको मृत्यु

    काठमाडौं – कोरोना संक्रमणकाे उपचार गराइरहेका उपत्यकाका २ जनाकाे पाटन अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडाैंकी एक महिला र भक्तपुरकी एक महिला रहेका छन् । मृत्यु भएकामध्ये काठमाडौंकी ५१ वर्षीया महिलाको गत साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । उनको गएराति १०ः४० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यसैगरी भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार विहान मृत्यु...

  • २०७७ भाद्र १२, शुक्रबार

    मध्यपुर थिमिमा कोरोना संक्रमितको मृत्युपछि अस्पताल बन्द

    भक्तपुर – कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उच्च रक्तचापको बिरामी रहेको महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उहाँले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने...

  • २०७७ भाद्र १२, शुक्रबार

    उपत्यकामा तत्काल ६ हजार आइसोलेसन बेड निर्माणको तयारी

    विजयरत्न असंबरे – उपत्यकामा संघीय सरकार र स्थानीय तहले एकीकृत आइसोलेसन निर्माणलाई तिव्रता दिने भएका छन् । उपत्यकामा संक्रमितको दर दिनप्रतिदिन बढ्दै गैरहेको र समुदाय स्तर मै कोभिड—१९ को संक्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै यस्तो निर्णय लिइएको हो भने उपप्रधान तथा रक्षामन्त्री एवं कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग...

  • २०७७ भाद्र १२, शुक्रबार

    उपत्यकामा संक्रमित बढ्दाे, एकैदिन ४१५ मा संक्रमण, देशभर ९२७ जना नयाँ संक्रमित पुष्टि

    काठमाडौं – उपत्यकामा काेराेना संक्रमण भयावह देखिन थालेकाे छ । केही दिनअघिसम्म सयकाे संख्यामा देखिरहेका संक्रमितकाे संख्या आजकाे दिनसम्म आइपुग्दा एकैदिन ४१५ जनामा संक्रमण देखिएकाे छ । यसैगरी पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

  • २०७७ भाद्र १२, शुक्रबार

    मन्त्री र मेयरद्वारा रानीपोखरी पुनर्निर्माणको अनुगमन

    विजयरत्न असंबरे रानीपोखरी पुनर्निर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज शुक्रबार रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिले रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । समितिका अध्यक्ष अजय स्थापितले रानीपोखरी पुनर्निर्माणको काम शत प्रतिशत र मन्दिर तथा...

  • २०७७ भाद्र ११, बिहिबार

    उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई

    काठमाडौँ – काठमाडौं उपत्यकामा जारी भएको निषेधाज्ञाको समय एक साताका लागि थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेको छ । बुधबार दिउँसो उपत्यकाका मुख्यनाकाहरु नागढुङ्गार साँगा भन्ज्याङ नाकामा पुग्दा प्रहरीले चेकजाँचलाई कडाई गरेको पाइएको छ । नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधी, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यस बाहेक...

  • २०७७ भाद्र ११, बिहिबार

    ‘सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी’

    काठमाडौँ – संस्कृतिविद् एवं सम्पदा क्षेत्रका अनुसन्धाताले पाँच वर्ष अघिको भूकम्पले क्षतिग्रस्त सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिता प्रभावकारी बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवादको तेस्रो दिन सांस्कृतिक सम्पदा एवं सम्पदा बस्तीको पुनःनिर्माणमाथिको छलफलका क्रममा वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनःनिर्माणमा समुदायको सहभागिताले...

Pages