STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मालीगाउँमा द्यःछेँ (देवघर)को पुनर्निर्माण सुरु

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २६, शुक्रबार

काठमाडाैं – काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र मालीगाँउमा रहेको ऐतिहासिक ‘मैती अजिमा शरण’ (द्यःछेँ/देवघर)को पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ ।

काठमाडौं–५ मालीगाउँमा रहेको ऐतिहासिक द्यःछेँको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका हुन् ।

नेकपा केन्द्रीय सदस्य तथा सोही क्षेत्रका प्रदेश सांसद नारायण सिलवालको पहलमा सोही द्यःछेँ पुनर्निर्माण हुन लागेको हो ।

द्यःछेँमा काठमाडौँ महानगरपालिका- ३१ म रहेको मैतीदेवी मन्दिरको खट तथा देउता राख्दै आइएको छ । मैतीदेवी मन्दिर, गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीको रूपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वको अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देउता राख्न मालिगाँउस्थित यसै द्यःछेँमा राखिन्छ । पछिल्लो समय जीर्ण रहेको सो द्यःछेँ भत्काएर नयाँ स्वरूपमा पुनर्निर्माण गरिन लागिएको हो ।

शिलान्यास कार्यक्रममा मेयरसँगै, उपमेयर हरिप्रभा खड्गी, प्रदेश सांसद सिलवाल, संविधानसभा सदस्य रत्न गुरुङ, वडा नम्बर ५ का अध्यक्ष रमेश डङ्गोल, नेकपाका स्थानीय नेता तथा द्यःछेँ निर्माण उपभोक्ता समिति अध्यक्ष रमेशमान मुनिकार, सल्लाहकार समेत रहेका नेकपाका स्थानीय नेता वीरेन्द्र प्रजापति र गणेश श्रेष्ठलगायतको उपस्थिति थियो ।

द्यःछेँमा पुनर्निर्माणका लागि अनुमानित कुल लागत २ करोड ६ लाख रुपैयाँमा लाग्ने जनाइएको छ । पुनर्निर्माणको लागि अहिलेको लागी  १ करोड रुपैयाँ छुट्टाएको छ । अर्को आर्थिक वर्षमा फेरि रकम छुट्टाइने प्रदेश सांसद सिलावालले बताए ।

Categorized in उपत्यका