STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बांगेमुढास्थित प्राचीन वास्याःद्यः चाेर्ने प्रयास

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २७, शनिबार

काठमाडौं – काठमाडौंको बांगेमुढास्थित प्राचीन वास्याःद्यः (दाँतको देउता) मूर्ति शुक्रबार राती चाेर्ने प्रयास भएकाे छ । देउता चोरी गरि हिँडेका चोरलाई शुक्रवार राती नै स्थानीयले वास्याःद्यःको काठको टुक्रा सहित समातेर महानगरिय प्रहरी प्रभाग जनसेवामा बुझाइएको छ । 

 

दाँत दुख्दा पैसा चामल राखेर साे ठाउँमा पैसालाई किल्लाले ठोक्दा दुखेको दाँत निको जनविश्वास रहेको छ । 

एक साता अघि पनि उक्त देउता चोर्नको लागि फोड्दै गरेको बेला स्थानीयले साेही चाेरलाई रंगेहात समातेको थियो । तर प्रहरीले मानसिक सन्तुलन नभएको भन्दै उनलाई सोही राती छाडेका थिए ।

अहिले पुनः त्यही चाेर गल, ज्याभल बाेकी चाेर्न आएका थिए । यस पटक पनि मानसिक सन्तुलन ठीक नभएकाे भनी प्रहरीले छाेड्न लाग्दा स्थानीयले जनसेवामै धर्ना समेत दिएका थिए ।

चोरी भएको काठको वास्याःद्यःलाई काष्ठमण्डपको इतिहाससँग जोड्ने गरिन्छ । यो काठको मुढालाई काष्ठमण्डप बनाउँदा बाँकी भएको काठको रुपमा लिँदै आएको छ । 

Categorized in उपत्यका