STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

थपिए उपत्यकामा ४८२ र देशभर ८९९ जना कोरोना संक्रमित

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २७, शनिबार

काठमाडौं – आज काठमाडौं उपत्यकामा थप ४८२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३८१ जना, ललितपुरमा ६९ जना र भक्तपुरमा ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ५२४२ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ४७ हजार ५९३ जनामा कोरोना पुष्टि भइसकेको छ।

यस्तै हालसम्म १६८९ जनाको कोरोनाबाट मृत्यु भएको छ भने २ लाख ३४ हजार २३१ जना निको भएर घर फर्किएका छन् । हाल देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।

Categorized in उपत्यका