STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शंखधर साख्वाः र पद्मरत्न तुलाधरको पूर्णकदको शालिक अनावरण

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ मङ्सिर ६, शनिबार

काठमाडौं – नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाः तथा नेपाल संवत् आन्दोलनका प्रणेता एवं मानवाधिकारवादी पद्मरत्न तुलाधरका पूर्णकदमको शालिक अनावरण गरिएको छ ।

काठमाडौं रत्नपार्कस्थित शंखधर पार्कमा दुवै शालिक आज शनिबार बिहान अनावरण गरिएको हो ।

सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा मन्त्री श्रेष्ठले पद्मरत्न तुलाधरको शालिक अनावरण गरेका थिए । अनावरणपछि शालिकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माल्यार्पण गरेका थिए ।

यसैगरी, मेयर शाक्यले शंखधर साख्वाःको शालिक अनावरण गरेका हुन् भने मन्त्री श्रेष्ठले माल्यार्पण गरेका थिए ।

अनावरण कार्यक्रममा मन्त्री श्रेष्ठ, काठमाडौंका मेयर शाक्यसँगै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, पद्मरत्न तुलाधरका जहान र छोरी, नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जन तथा प्रतिनिधि सभा सांसद रामेश्वर फुयाँललगायतको उपस्थिति रहेको थियो ।

Categorized in उपत्यका