STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यस वर्ष भक्तपुर तलेजुमा दशैंको बलि नदिइने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २१, बुधबार

काठमाडौं – यस वर्षको दशैंमा भक्तपुर तलेजुमा बलि नदिइने भएको छ ।

मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख तथा तलेजुका पुजारीहरुसँग बसेको बैठकले सो निर्णय गरेको थियो ।

यस वर्ष कोरोनाभाइरस संक्रमणको जोखिम रहेकोले दशैंको बलि नदिइकन विधिपूर्वक परम्परागत पूजा मात्र गरिने निर्णय भएको थियो ।

भक्तपुरको तलेजुमा सर्वसाधारणबाहेक गुठी संस्थानले दशैंमा ६० वटा बोका, ३१ वटा राँगा र ३० वटा हाँस बलि दिने प्रचलन रहिआएको छ ।

नगरप्रमुख प्रजापतिले जात्रा र पर्वलाई यस वर्ष औपचारिकतामा सीमित गर्दै मनाउने निर्णय गरेका छन् भने यस निर्णयमा जनताको सहयोगको अपेक्षा पनि लिएको उनले बताएका छन् ।

 

Categorized in उपत्यका