STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

चिकंमुगलमा गणेशको मूर्ति पुनर्स्थापन गरिने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २१, बुधबार

काठमाडौं – काठमाडौं मनपा २० वडास्थित चिकंमुगल टोलमा गणेशको मूर्ति पुनर्स्थापन गरिने भएको छ ।

१८ औं शताब्दीको गणेशको मूर्ति चोरी भएपछि रिक्त स्थानमा नयाँ मूर्ति पुनर्स्थापन गर्न स्थानीयको पहलमा समिति नं गठन भएको छ ।

चिकंमू टोल गणेश मूर्ति पुनःस्थापना समितिले नयाँ मूर्ति पुनस्र्थापनाको लागि सबै श्रद्धालुमा अपिल समेत गरेको छ ।

समितिले जनाएअनुसार पुरानो मूर्ति चोरी भएको १८ वर्ष बितिसकेकोले चिकंमुगः डबलीमा रिक्त रहेको स्थानमा नयाँ मूर्ति राखिन लागेको हो ।

हालसम्म केही श्रद्धालु भक्तजनहरुबाट सहयोग पनि प्राप्त भइरहेको समितिले जनाएको छ ।

 

Categorized in उपत्यका