STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बुंगमतिमा पनि हिरासतमा रहेकाको रिहाइ माग्दै प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – बुंगःद्यः रथयात्राको क्रममा हिरासतमा परेकाहरुको अविलम्ब रिहाइको माग गर्दै बुंगमति, ललितपुरमा पनि जनप्रदर्शन भएको छ । बुंगमतिका स्थानीय युवा, महिला तथा पुरुषहरुको संलग्नतामा बुधबार बुंगमति मन्दिर परिसरमा प्रदर्शन गरिएको थियो । नेवार अभियन्ताहरुको रिहाइ गरिनुपर्ने, नेवार एकता जिन्दाबाद, नेपाल रहेसम्म नेवार संस्कृति र सम्पदा रहन्छ जस्ता पम्प्लेटहरु प्रदर्शन गरिएको थियो । स्मरणीय छ, बुंगःद्यः (रातो मछिन्द्रनाथ)को एउटा मन्दिर पाटन तःबहालमा रहेको छ भने अर्को मन्दिर बुंगमतिमा रहेको छ । वर्षको ६–६ महिना गरी बुंगःद्यः पाटन र बुंगमतिमा विराजमान हुन्छन् । बुंगःद्यःकै नामबाट यस स्थानको नाम बुंगमति रहन गएको हो । समातिएका अभियन्ताहरुको रिहाइको लागि आजै मात्र पाटन र काठमाडौंमा पनि जनस्तरबाट प्रदर्शन भएका थिए भने यसअघि उपत्यकाका विभिन्न स्थानहरुमा प्रदर्शन भइसकेका थिए ।

तस्बिर सौजन्य : राजन शाक्य फेसबुक

Categorized in उपत्यका