STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मलाई मार्ने धम्की दिनेलाई पनि रिहा गरिदिनू : ललितपुर मेयर

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – ललितपुरका मेयर चिरिबाबु महर्जनलाई मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकालाई पनि रिहा गरिदिन स्वयं मेयर महर्जनले प्रशासनको ध्यानाकर्षण गराएको छ । ललितपुर मेयर महर्जनले आज एक विज्ञप्ति प्रकाशित गरी आफूलाई मार्ने धम्कीसहितको अभिव्यक्ति दिने संजय शाक्यलाई प्रहरीले पक्राउ गरेको र शाक्यले उत्तेजनात्मक अभिव्यक्ति दिएका कारण उनलाई रिहा गरिदिन प्रशासनको ध्यानकर्षण गराएको जनाएको छ । साथै, बुंगःद्यः जात्राको क्रममा समातिएकाहरुर्ला निःशर्त अविलम्ब रिहाइको लागिसमेत मेयर, ज्यापु समाज र १९ जातीय संघसंस्थाले स्थानीय प्रशासनलाई भनिसकेको विज्ञप्तिमा उल्लेख छ । मेयर महर्जनले गत भदौ १८ गतेको घटनालाई सम्पूर्ण धर्म, संस्कृतिप्रेमीको मनमा घाउचोट लगाएको तर विधिपूर्वक रथ तान्ने काम सम्पन्न भएबाट त्यसले मल्हमपट्टि पनि लगाएको ठहर पनि विज्ञप्तिमा गरेका छन् ।
Categorized in उपत्यका