STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडाैंका ३९४ सहित उपत्यकामा थपियो ४६४ संक्रमित

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौंका ३९४ सहित उपत्यकामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी अनुसार भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ४६४ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार मात्रै उपत्यकामा ३९६ जनामा संक्रमण देखिएको थियो। यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४९ हजार २१९ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मंगलबार मात्रै ९०२ जनामा संक्रमण देखिएको थियो। यसैगरी  नेपालमा कोरोनाबाट हालसम्म ३१२ जनाको मृत्यु भएको छ। आज मात्रै कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। मंगलबार पनि ६ जनाको मृत्यु भएको थियो। मन्त्रायका अनुसार देशभर १५ हजार २५ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै होम आइसोलेसनमा ७ हजार ३७ रहेका छन् भने संस्थागत आइसोलेसनमा ७ हजार ९८८ जना रहेका छन्। क्वारेन्टाइनमा ५ हजार ४८० जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पीसीआर परीक्षणको संख्या ७ लाख ९९ हजार ३४१ पुगेको छ। बुधबार ११ हजार १६७ वटा पीसीआर परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा ९१८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३३ हजार ८८२ पुगेको छ। यो ६८.८प्रतिशत हो। यस्तै आइसीयूमा १६२ जनाको उपचार भइरहेको छ भने २२ जना भेन्टिलेटरमा छन्। मन्त्रालयका अनुसार हालसम्म सुनसरी, सर्लाही, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर र रुपन्देहीमा कोरोनाका ५ सय बढी बिरामी रहेका छन् भने मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला शून्य संख्या रहेको छ।  
Categorized in उपत्यका