STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

निषेधाज्ञा खुकुलो बनाऔं, जोरबिजोर लागु गरौं : उपत्यका नगरपालिका फोरम

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

काठमाडौं – उपत्यका नगरपालिका फोरमले जारी निषेधाज्ञा खुकुलो बनाएर यातायात सञ्चालनमा जोर–बिजोर प्रणाली लागु गर्न माग गरेको छ । फोरमको मंगलबार बसेको बैठकले सार्वजनिक यातायात बाहेकका सवारी संचालनमा जोरबिजोर लागु गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको छ । निषेधाज्ञा खुकुलो बनाएर सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन कडाइ गर्नुपर्ने निष्कर्ष निकाल्दै फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभएको छ । श्रेष्ठका अनुसार उपत्यका छिर्ने नाकाको आवागमनमा थप कडाइ गर्नुपर्ने सुझाव पनि सरकारलाई दिइएको छ । आजको बैठक फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको सभापतित्वमा बसेको थियो ।
Categorized in उपत्यका