STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुरकाे भर्चुअल सम्पदा यात्रा हुने

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ५, सोमबार

भक्तपुर – युरोपेली मुलुकहरुमा भक्तपुरबारे जानकारी दिने उद्देश्यले भोलि मंगलबार भर्चुअल सम्पदा यात्रा (हेरिटेज टुर) हुने भएको छ । उक्त सम्पदा यात्रा युरोपका दर्जनौं मुलुकमा लाइभ गरिने व्यवस्था गरिएको छ । विश्व कार फ्रि दिवसको अवसर पारेर मंगलबार उक्त भर्चुअल सम्पदा यात्रा हुने भएको हो । प्रत्येक वर्षको सेप्टेम्बर २२ को दिन विश्वभर कार फ्रि दिवस मनाइन्छ । सम्पदा क्षेत्रमा सवारीसाधन प्रवेश निषेध गरेर सर्वसाधारणको पदयात्रालाई जोड दिने यस दिवसको उद्देश्य रहँदै आएको छ । सोही उद्देश्यअनुसार भक्तपुर पर्यटन विकास समितिको स्थानीय संयोजनमा युरोपियन युनियन, ब्रिटिस काउन्सिल, स्टोरी साइकलको आयोजनामा भक्तपुरका सम्पदा क्षेत्रमा भर्चुअल सम्पदा यात्रा गर्ने भएको हो । भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले उक्त भर्चुअल सम्पदा यात्रा भक्तपुर दरबार क्षेत्रबाट सुरु हुने जानकारी दिए । उक्त भर्चुअल सम्प्दा यात्रा भक्तपुरकी स्थानीय पथप्रदर्शक रीता सुवालले गराउने छिन् । उक्त यात्रा युरोपका दर्जनौं मुलुकमा एकैपटक लाइभ गरिने अध्यक्ष भेलेले जानकारी दिए । दरबार क्षेत्रबाट सुरु हुने सम्पदा यात्रा टौमढीस्थित पाँचतले मन्दिर, भैरवनाथ मन्दिरको बाटो भएर दत्तात्रयतर्फ अघि बढ्नेछ । टौमढीबाट क्वाछें, साकोथा, सुकुलढोका, गोल्मढी, इनाचो हुँदै दत्तात्रय क्षेत्र पुग्नेछ । यसबाहेक भक्तपुरको पर्यटकीय उत्पादन, यहाँका परम्परागत एवं मौलिक नाचगान, बाजागाजा, जात्रा, चाडपर्व, जीवनशैलीबारे पनि जानकारी दिइने उनले स्पष्ट पारे । दत्तात्रयबाट च्याम्हासिंहसम्म पुगेर त्यहाँबाट पर्यटकीय क्षेत्र नगरकोट, धुलिखेल, बनेपा र पनौती जाने तथा भक्तपुरबाट काठमाडौं फर्कने छुट्टाछुट्टै बाटोबारे जानकारी दिएर भर्चुअल सम्पदा यात्रा टुंग्याइने समितिले जनाएको छ । अहिले भक्तपुर दरबार क्षेत्रमा सवारीसाधनको प्रवेश पूर्ण निधेष गरिएको छ । त्यस्तै टौमढी क्षेत्रमा निश्चित समयबाहेक अरु बेला चारपांग्रे सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ ।
Categorized in उपत्यका