STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

"खै तपाईंको मास्क ?"

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ३, शनिबार

काठमाडौं – लायन्स क्लब अफ काठमाडौं कीर्तिपुर, लियो क्लब अफ काठमाडौं कीर्तिपुर र कीर्तिपुर स्वास्थ्यकर्मीहरुको संयुक्त संयोजनमा ‘खै तपाईंको मास्क ?’ अभियान सुरु गरिएको छ । संक्रमणको घेरा तोडौं भन्ने मुख्य नाराका साथ शनिबार कीर्तिपुर बाघभैरवलगायत पांगाको ध्वाकासि, लाछि, अमृतनगर सौगात मन्टेश्वरी स्कुल र नयाँ बजार पांगा दोबाटोमा सो अभियान सुरु गरिएको छ । ४१ वटा संघसंस्थाको संयुक्त सहभागितामा नेवाः अनलाइन न्युज, कीर्ति अनलाइन, स्वर्णिम सन्देश, नेवाः एफएम, कीर्तिपुर सन्देश, कीर्तिपुर दर्पण, ज्वजलपा साप्ताहिक, शहीद साप्ताहिक सो अभियानका मिडिया पार्टनर रहेका छन् । लायन्स क्लब अफ काठमाडौं कीर्तिपुरका अध्यक्ष एवं मानवाधिकारकर्मी नन्दकुमारी महर्जन (नानी मिस)ले विभिन्न स्थानमा यो अभियान थाल्ने जानकारी दिनुभयो । “कोरोना महामारीलाई बेवास्ता गरी मास्क नलगाई डुलिहिँड्नेलाई मास्क अनिवार्य राख्नुपर्ने चेतना जगाउन ‘खै तपाईं मास्क’ अभियान थालिएको हो,” नानी मिसले जनजातिखबरका प्रतिनिधिलाई बताएका छन् । यस अभियानमा कीर्तिपुर १ वडाध्यक्ष हर्ष महर्जन, १० वडाध्यक्ष अमन महर्जन, ८ वडाध्यक्ष विनोद महर्जनको सहभागिता रहेको छ भने शैक्षिक संस्थाका प्रिन्सिपल, कीर्तिपुर बजार व्यवस्थापन समितका पदाधिकारी एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी छन् ।
Categorized in उपत्यका