STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जागरुक युवा समाजले फुटपाथमा पसल विरुद्ध आवाज बुलन्द गरे

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३१, बुधबार

विजयरत्न असंबरे


जागरुक युवा समाजले जिल्ला प्रशासन कार्यालयले फुटपाथ पसल राख्न समय तोकेकोमा आपत्ती जनाएको छ । पैदल यात्रु साथै अत्यावश्यक सवारी आवागमनमा समेत समस्या पुर्याइरहेको र हाल आएर यहि फुटपाथ पसलका कारण भीडभाड हुन गएर संक्रमणको जोखिम समेत बढाएकोले फुटपाथ पसल हटाउन विशेष भूमिका खेल्नुपर्ने जिल्ला प्रशासन कार्यालयले नै यसलाई प्रश्रय दिएको भनी आदेश सच्याउन समाजले माग गरेको हो । समाजको स्थापनाको साथै फुटपाथ पसल हटाउने अभियानको समेत सय दिन पुगेको अवसरमा काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी समाजले स्थानीय वासिन्दाको स्वास्थ्य सुरक्षाको लागि आफुहरु संक्रमणको जोखिम मोलेर लागिरहँदा जिल्ला प्रशासन कार्यालयले किन फुटपाथ पसललाई प्रश्रय दिइरहेको छ भनी प्रश्न उठाएको छ । सडक भनेको फुटपाथ पसल राख्नेहरुको कब्जामा परीसकेको कुरा उठाउँदै यसबाट एम्बुलेन्स र दमकल जस्ता आकस्मिक सेवामा लाग्ने हरुले समेत फुटपाथ व्यापारीको दुर्व्यवहार सहनु परिरहेको कुरा समाजका अध्यक्ष चन्द्रकुमार महर्जनले भन्नु भएको छ । समाजका सल्लाहकार साथै काठमाडौं महानगरपालिका २४ वडाका वडा सदस्य विनोद तुलाधरले विशेष गरी काठमाडौंका भित्री वस्तीका लागि फुटपाथ पसल ठुलै समस्या हुने गरेको बताए । साँघुरोको सडकको दायाँ बायाँ पुरै ओगटेर राखिने फुटपाथ पसलले दमकल, एम्बुलेन्स लगायतका अत्यावश्यकीय सवारी साधन समेत समयमा गन्तव्य पुग्न नसकिने समस्या रहेको उनले बताए । गत भाद्र २४ गते काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले शर्तसहित व्यापार व्यवसाय गर्न पाउने आदेश जारी गर्दै बिहानको ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म फुटपाथ पसल र ठेला व्यापार खोल्न सकिने भनेको थियो । यो सूचनापछि असन ईन्द्रचोक लगायतका क्षेत्रहरुमा दिनभर नै फुटपाथ पसलहरु राख्न शुरु भएको छ भने यसैको कारणले सडकमा भीडभाड बढेर ट्राफिक जामको समेत समस्या बढेको छ । कार्यक्रममा समाजका सचिव संजय महर्जनले फुटपाथ व्यापारीहरुबाट आफु र समाजका स्वयमसेवकहरुलाई सांघातिक आक्रमण समेत भएको क्षण स्मरण गर्दै सार्वजनिक ठाउँ ओगटेर फुटपाथ पसल राख्न एक टुक्रा ठाउँको लाखौंमा किनबेच हुन्छ भन्नु भएको छ भने हिँड्नलाई समस्या हुने गरी फुटपाथमा पसल नथाप भन्दा हतियार लिएर आक्रमण गरीन्छ भन्नु भयो । त्यस्तै समाजका प्रेस सल्लाहकार बिराजकाजी राजोपाध्यायले जिल्ला प्रशासन कार्यालय जस्तो जिम्मेवार निकायले फुटपाथ पसललाई प्रश्रय दिने हो भने भाडा तिरेर, कर तिरेर किन कसैले व्यापार व्यवसाय गरीरहनुपर्यो भनेर प्रश्न उठाउनु भयो भने कार्यक्रमका वक्ताहरुले सवारी आवागमनको लागि सडक साँघुरो भन्दै जिल्ला प्रशासन कार्यालयको सो आदेशपछि काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको साथै कामपा वडा १७ का वडाध्यक्ष नवीन मानन्धर, २५ वडाका वडाध्यक्ष नीलकाजि शाक्यको साथमा समाजका पदाधिकारीहरु समेत जिप्रका कार्यालय बबरमहल गई प्रजिअ जनकराज दाहालको ध्यानाकर्षण गराएका थिए ।
Categorized in उपत्यका