STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौँ महानगरपालिकाद्वारा ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन ३०, शुक्रबार

काठमाडौं महानगरपालिका शहरी योजना आयोगले विभिन्न १० विधाका १० जना युवालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको छ । नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजान उदेश्यसहित पहिलो चरणमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गरेको कुराको जानकारी काठमाडौँ महानगरपालिकाले दिएको छ । यहि उदेश्य अनुरुप आज काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षरपछि सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिकाले आगामी नीति तथा कार्यक्रममा समेत समावेश गरी कार्यान्वय चरणमा लैजान सहज हुने गरी व्यवहारिक पक्षलाई समेत ध्यानमा राखेर अनुसन्धान तयार पार्न सुझाव दिनुभयो । उहाँले यस्ता अनुसन्धानले आफ्नै स्रोत–साधानको प्रयोग गरी समय सापेक्ष तथ्याङ संकलनमा केही हदसम्म टेवा पुग्ने विश्वास लिएको बताउनुभयो । यहि उदेश्य अनुरुप आज काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा १० जनालाई ‘मेयर्स रिसर्च फेलोसिप’ प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत अर्यालले पनि सबै स्थानीय तहका लागि उदाहरणीय हुने खालको अनुसन्धान होस भन्ने अपेक्षा रहेको बताउनुभयो । सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले नेपालमा यस्ता खालका अनुसन्धानको चलन निकै कम रहेको भन्दै काठमाडौँ महानगरपालिकाले यस्तो सुरुवात गर्नु आफैमा गौरवको कुरा भएको बताउनु हुँदै नेपालमा यस्तो चलन खासै नरहेको कुरालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले यसको सुरुवात गरेको कुरा बताउनु भयो । र यसलाई महानगरपालिका ले व्यवहारिक रुपमा पनि कार्यान्वयन गर्दै निरन्तरता दिने बताउनु भयाे ।

सम्झौता अनुसार अनुसन्धानकर्ताले बढीमा ६ महिनाभित्र अनुसन्धानकार्य सम्पन्न गर्नु पर्ने छ भने अनुसन्धानको क्रममा बौद्धिक चोरी गर्न निषेध गरिएको छ र चोरी भएको पाइएमा प्रथम पक्षले फेलोसिप तुरुन्त खारेज गरी निर्धारित रकम जफत गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ । अनुसन्धानका लागि महानगरपालिकाले प्रत्येक विधामा १ लाख ५० हजार दिने पनि सम्झौतामा उल्लेख गरिएको छ ।

पहिलो चरणमा ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका विद्यालयहरुमा गैर संक्रामक रोग सम्बन्धी जोखिम र स्वस्थ जीवनशैली सम्बन्धी नीति अध्ययन, पैदल यात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव : काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यका भित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि निलो पूर्वाधार म्यापिङ, सम्बन्धी अध्ययन, काठमाडौँ उपत्यका भित्रको वायु गुणस्तर र वायु प्रदुषण संयन्त्र सम्बन्धि विश्लेषण अध्ययन, काठमाडौँका सामुदायिक विद्यालयका महिला प्राध्यापकहरुको अनुभवको मात्रात्मक अध्ययन छनोटमा परेको बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी पहिलो चरणमै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कर्बोन स्टक सम्भाव्यता वृक्षारोपण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकाका जेष्ठ नागरिकहरुको जीवनको गुणस्तर सम्बन्धी कानुन, नीति र प्रमाण सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिकालाई नविन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकता सम्बन्धी अध्ययन, काठमाडौँ महानगरपालिका क्षेत्र भित्रको नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धति सम्बन्धि अध्ययन पनि छनोट भएका छन् । त्यस्तै काठमाडौँ महानगरपालिकाको शहरी विकास व्यवस्थापन (योजना तर्जुमा देखि कार्यान्वयनसम्म) मा संचारको भूमिका र प्रभावकारिता अभिवृद्धि सम्बन्धि अनुसन्धान प्रस्तावना पनि छनोटमा परेको छ ।

ती दश विधामा अनुसन्धानका लागि क्रमशः प्रतिक खनाल, कृति प्रधान, सुरज गौतम, राजीब पोखरेल, सम्राट बस्याल, नबिन राज जोशी, कृपा सिग्देल, मनिष मान श्रेष्ठ, रबिन्द्र के सुवाल, गोपी कृष्ण ढुगानासँग सम्झौता भएको छ ।

Categorized in उपत्यका