STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकाका १९ सय ३४ सहित ३७ सय ४९ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २९, बिहिबार

काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९ सय ३४ जना सहित ३७ सय ४९ जनामा संक्रमण देखिएको छ । याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा १६ सय ९२ , ललितपुरमा १३४ र भक्तपुरमा १०८ जना गरी १९ सय ३४ जनामा संक्रमण देखिएको छ ।

यसैगरी बिहीबार मात्रै १९ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६९४ पुगेकाे छ ।

अहिलेसम्म नेपालमा ३६ हजार ५३३ कोरोनाका सक्रिय संक्रमित छन्।  यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेसनमा २४ हजार १९४ छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ८२५ जना रहेका छन्। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १६ हजार ५९८ नमूनाको पीसीआर परीक्षण भएको छ। बिहीबार ३ हजार ५३४ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।

Categorized in उपत्यका