STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं जिप्रकामा अत्यावश्यकबाहेकका सबै सेवा स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २७, मंगलबार

काठमाडाै‌ं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार एक सूचना जारी कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको जनाएकाे छ । त्यसैले संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेकाे जनाएकाे छ ।

अब कार्यालयले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै दिनेछ । यसबाहेकका बाँकी काम भने तत्कालका लागि स्थगित गरिएको छ ।

Categorized in उपत्यका