STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कुलेश्वर मन्दिर वरिपरि निर्माण हुने पार्कको शिलान्यास

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २६, सोमबार

संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्यलगायतको उपस्थितिमा आज कुलेश्वर महादेव मन्दिर परिसरमा प्रमुख शाक्यले शिलान्यास गर्नुभएको पार्क करीब ९ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । उक्त पार्क करीब १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडाध्यक्ष सोभा सापकोटाले जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको  संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीस भन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ ।  पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । 

प्रमुख शाक्यले सम्बोधनकै क्रममा अहिले काठमाडौँ उपत्यकामा कोभिड–१९ को संक्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेको भन्दै तीनै तहका सरकार र जनता मिलेर नियन्त्रणको प्रयासमा लाग्न जरुरी रहेको बताउनुभयो । उहाँले आम नागरिकलाई सचेत र सजग रहन पनि अपिल गर्नुभयो ।

Categorized in उपत्यका