relans
ni new 83
nib 2082 5

आइतबारदेखि ललितपुरमा अत्यावश्यक बाहेका सेवा स्थगित

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक १, शनिबार

ललितपुर – कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै आइतबारदेखि अत्यावश्यक बाहेका सेवा स्थगित गर्ने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्ने‍तले जारी गरेको सूचनामा पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर अत्याधिक रूपमा बढिरहेले सेवाग्राहीको भीडभाड अत्याधिक भई संक्रमण फैलन सक्ने उच्च जोखिम भएकाले सेवा स्थगित गर्ने निर्णय भएको जनाइएको छ ।

जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्र, सरोकालवाला निकाय, स्वास्थ्यविज्ञ, सुरक्षा निकायसमे‍तको छलफलबाट अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित गर्ने निर्णय भएको उनले जानकारी दिए ।

Categorized in उपत्यका
ppp 2