STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २६, सोमबार

काठमाडाैं – सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न  निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आईसीयु बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए ।

कोभिड अस्पतालका रूपमा सेवा दिने सरकारी अस्पतालमा स्वास्थ्य सेवा विभागले आईसीयु, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए । 

यस्तै, कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे । यसैगरी अस्पतालले विभिन्न होटलसँग मिलेर आइसोलेसन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ । मन्त्रालयको स्वीकृति लिएर अस्पतालले होटललाई आइसोलेसन सेन्टरका रूपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि, त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।

Categorized in उपत्यका