STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खाना खुवाउने अभियान बन्दको निर्देशन विषय मेयर शाक्यसँग सोधपुछ गरिने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक २१, शुक्रबार

काठमाडौं – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य एवं श्रम तथा उपभोक्ता हित समितिले टुँडिखेलमा खाना खुवाउने अभियान बन्द गरिदिन दिएको निर्देशनबारे काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग सोधपुछ गरिने भएको छ ।

टुँडिखेलमा खाना खुवाउन बन्द गर्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको विषयमा मेयर शाक्यलाई नै बोलाएर सोधपुछको निर्णय भएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले जनाएको छ । श्रीवास्तवका अनुसार यसको लागि मिति भने तोकिएको छैन ।

श्रीवास्तवले जनाएअनुसार आउँदो सोमबार वा मंगलबार बैठक बस्ने र छलफल  गरिने कुरा भएको हो । छलफलमा मेयर शाक्यसँगै उपत्यका मेयर फोरमका प्रतिनिधिहरुलाई पनि बोलाइने भएको छ ।

सबै वडामा निशुल्क खाना खुवाउने व्यवस्था गर : सांसद भीमसेनदास प्रधान

समिति बैठकमा नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले उपत्यकाका सबै वडामा खाना खुवाउने व्यवस्था मिलाउनुपर्ने माग राखेका छन् ।

सांसद प्रधानले भने, “कोभिड कोषमा पैसा थुप्रिएको छ । ती सबै रकम खर्चेर भए पनि निःशुल्क खाना खुवाउनुपर्ने व्यवस्था हुनुपर्छ । भोक र रोगले पर्न दिनु त भएन नि ।”

खाना खान असमर्थहरुलाई खुवाउने दायित्व स्थानीय सरकारको भएको जनाउँदै सांसद प्रधानले भनेका छन्, “काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले हावाकुरा गरेका छन् । मेयर शाक्यलाई समितिमा बोलाएर छलफल गरिनुपर्छ ।”

हन्ड्रेड्स ग्रुप नेपालका स्वयंसेवीहरुले टुँडिखेलको बसपार्क दैनिक विपन्नवर्गलाई खाना खुवाउँदै आएको छ ।

केही दिनअघि काठमाडौं महानगरपालिकाले टुँडिखेलमा खाना खुवाउने बन्द गर्ने निर्देशन दिएको हो । यस निर्णयको चौतर्फी आलोचना भए पनि काठमाडौं मेयर शाक्यले पार्टी प्यालेसमा खाना खुवाउने व्यवस्थ मिलाउन अभियन्ताहरुसँग आग्रह गरिसकेको छ । यसको लागि पार्टी प्यालेसको बहाल स्वयं महानगरपालिकाले तिरिदिने प्रतिबद्धता समेत मेयर शाक्यले दिइसकेको छ ।

 

Categorized in उपत्यका