STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालाजु बाइपासामा अतिक्रमणविरुद्ध प्रदर्शन

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २०, शनिबार

काठमाडौं – सडक विस्तारको नाममा नेवारहरुको घरजग्गा अतिक्रमण गरेको विरोधमा आज शनिबार बालालु बाइपासमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजकत्वमा तथा उपत्यका सडक विस्तार पीडित संघर्ष समिति बालाजुको आयोजनामा दिउँसो १ः३० बजे बालाजु बाइसमा विरोध प्रदर्शन भएको थियो ।

विरोध प्रदर्शनका क्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सांकेतिक पुत्ला जलाइएको थियो । उनको नामको प्लेकार्ड प्रदर्शनकारीले जलाउँदै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

 

Categorized in उपत्यका