STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जात्रा पर्वहरु संयमित भई मनाउन शताब्दिपुरुष जोशीको आग्रह

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १४, आइतबार

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले कोरोना भाइरसको महामारीमा हामीले संस्कृति, जात्रापर्व संयमित भएर मनाउनुपर्ने सन्देश दिनुभएको छ । यस्ता महामारीलाई हलुका रुपमा लिनु हुँदैन । जात्रा, चाडपर्व मनाउनै कर लागेमा विधि पूरा गरी छोट्याएर गर्न सकिन्छ । यसपालिको कात्तिक नाच दुई मात्र मञ्चन भयो । यसलाई राम्रो उदाहरणको रुपमा लिन सकिन्छ भन्ने राय वाङ्गमय शताब्दि पुरुष जोशीको रहेको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबु कोडिभ १९ सचेतना कमिटीले प्रयेक हप्ता बुद्ध बार  र  शनिबार  गरी हप्ताको दुई पटक  विभिन्न क्षेत्रका विज्ञसँगको अन्तर्वार्ता फेसबुक लाइभ कार्यक्रम गर्दै आएको छ भने त्यही कार्यकमको २५ औँ भाग पुगेकको अवसरमा शताब्दी पुरुष सत्यमानेह जोशीसँग एउटा अन्तरक्रिया गरेको छ । 

विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि नेवाः पत्रकार राष्ट्रिय दबूले प्रजित शाक्यको संयोजकत्वमा कोभिड १९ सचेतना कमिटी गठन गरेको हो । सो कमिटीमा रचना श्रेष्ठ, मीना वज्राचार्य , तेजनाराण महर्जन, अनूप प्रधान र हसना लवजू सदस्यको रुपमा रहनुभएको छ ।

शताब्दी पुरुष जोशीले कोभिड १९ महामारीमा अङ्ग्रजी भाषका दुईसहित पाँच वटा पुस्तक तयार पारेको जानकारी दिनुभयो । ‘ललितपुर महानगरपालिले मेरो शतवार्षिकी मनाउने २५००, १००० र १०० रुपियाँको सिक्का निस्कासन गर्यो । नगरपालिका मेरो नाममा दस रुपियाँको हुलाकी टिकट पनि निस्कासन गर्ने तयारीमा पनि रहेको छ । यसकै ऋण तिर्ने विचारमा मैले ललितपुरलाई विषय बनाएर पाँच पुस्तक तयार पारेको छु । ललितपुर महानगरले यी पुस्तकको विमोचन चाँडै गर्दैछ– उहाँले भन्नुभयो । संस्वृmतिविद् जोशीका अनुसार यी पुस्तकबाट ललितपुरको इतिहासबारे थुप्रै ज्ञान हािसल गर्न सकिनेछ ।

नेवारहरुले आफ्नो मातृभाषा छोड्दै गएकोमा पनि शताब्दी पुरुष जोशीले चिन्ता व्यक्त गर्नुभयो । 

यसैगरी, तथ्याङविद्को परिचय पनि भएका जोशीले २०७८ सालमा हुने जनगणनामा नेवारहरुको यथार्थ विवरण निकाल्न आफै सचेत हुन पनि अनुरोध गर्नुभयो । 

सो कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्यले कोभिड १९ सचेतना कमिटीले २५ भागको कोशेढुङ्गा पूरा गरेकोमा बधाई दिनुहुँदै सो कार्यक्रमको निरन्तरको कामना पनि गर्नुभयो ।

Categorized in उपत्यका