STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौंमा मोनोरेल कुदाउन नसकेको कुरा मेयर शाक्यले स्विकारे

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १५, बुधबार

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो र उहाँले मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि आफ्नो कार्यकाल स्वर्णयुग हो भनि   भन्नु भएको छ ।  

मेयर शाक्यले सम्पदा संरक्षणकै लागि हरेक जात्रा–पर्वलाई जीवन्त राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको पनि बताउनुभयो । 

शाक्यले सेतो मच्छेन्द्रनाथ अर्थात् जन्बाद्यः लगायतका जात्रालगायतका लागि पनि महानगरपालिकाले सहयोग गर्दै आएको स्मरण गराउनुभयो ।  

मेयर शाक्यले आज शिलान्यास गरेको वडा भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गनुभयो ।  

उहाँले राम्रो काम गरिरहेको अवस्थामा पनि अवरोध गर्न पाइयो वा व्यवधान खडा गर्न सकियो भने आफू अघि बढ्न सकिन्छ कि भन्ने प्रवृत्ति हावी हुने गरेकाले समस्या भएको भन्दै त्यो गलत भएको बताउनुभयो । निर्वाचनका बेला सबै उम्मेदवारले स्थानीय तह राजनीति गर्ने थलो नभई काम गर्ने थलो हो र हामी जनप्रतिनिधि हौँ  भनी भोट मागेको स्मरण गराउँदै हामीले निर्वाचनका बेला जन अपेक्षा अनुसार काम गर्छौ भनेका थियौँ र त्यहि अनुसार नै काठमाडौँ महानगरपालिका अघि बढेको छ । स्थानीय तह विचारको लडाईँ गर्ने थलो होइन । विचारको लडाई गर्ने हो भने संसदमा जानु होला भनि भन्नु भएको छ ।

उहाँले काठमाडौँ महानगरपालिकाले सबै निर्णय सर्वसहमत ढंगले गर्दै आएको र कुनै पनि निर्णय विवादित नबनेको पनि खुलासा गर्नुभयो ।

काठमाडौँ महानगरपालिकामा निर्वाचित भएर आएपछि धेरै काम सम्पन्न गरेको भन्दै शाक्यले केही प्रतिद्धता व्यक्त गरेका काम अघि बढाउन नसकेको स्वीकार गर्नुभयो र त्यी मध्ये एक हो, मोनोरेल हो भन्ने तर्फ संकेत गर्नु भयो । उहाँले चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ तर चक्रपथ विस्तार भैनसकेकाले त्यो काम गर्न सकेनौँ भनि भन्नुभयो । 

 चुनाव अघिको काठमाडौँको बाटो र अहिलेको बाटोमा धेरै फरक भैसकेको भन्दै अधिकांश ठाउँमा, ढलान गर्ने, ढुंगा छप्ने काम सम्पन्न भएको बताउँदै मेयर शाक्यले  धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उहाँको तर्क छ ।  सरोकारवाला निकायको सम्वन्वयको अभावले पनि केही समस्या भएको उहाँले बताउनुभयो । 

शाक्यले सरकारले बैशाखमा निर्वाचन मिति घोषण गरिसकेको भन्दै सबै राजनीतिक दल अहिले बैशाखमा हुने निर्वाचनको तयारीमा जुटेको बताउनुभयो र उहाँले  राष्ट्रनिर्माणका लागि जसले  काम गर्छ, राष्ट्रवादी काम गर्छ उसैलाई मदतान गर्नुहोस् भनि भन्नुभयो ।

Categorized in उपत्यका