STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अनाथ बालबालिकाको लागि कीर्तिपुरमा बा फाण्डेशन

Janjati Khabar – ललेन्द्र शाक्य | २०७७ पौष २५, शनिबार

कीर्तिपुर – अनाथ बालबालिकाको लागि सामाजिक संस्था बा फाउण्डेशन खोलिएको छ भने आज एक विशेष कार्यक्रमबीच सो फाण्डेशनको लोगो सार्वजनिक गरिएको छ ।

कार्यक्रममा एचआईभी पीडित बालबालिकाको संरक्षणमा लागिरहेको कीर्तिपुरको बेबी लाइफ होमलाई ५० हजार नगद आर्थिक सहयोगसँगै खाद्यान्न पनि सहयोग गरिएको छ भने एचआईभी पीडित २७ जना बालबालिकालाई गुड्डी ब्याग पनि वितरण गरिएको छ ।

कीर्तिपुरको ससः दि नेवाः टोलमा भएको सो कार्यक्रममा बा फाउण्डेशनका अध्यक्ष एवं ससः दि नेवाः टोलका अध्यक्ष फिरोज सिंहको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा कीर्तिपुरका उपमेयर सरस्वती खड्का रिजाल प्रमुख अतिथि, विशेष अतिथिको रुपमा जनकवि अर्जुन पराजुलीलगायत विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।

समाजका अनाथ बालबालिकालाई अभिभावकत्व दिन खोलिएको सो फाउण्डेशन आफ्ना पिता तीर्थराम महर्जनको नामबाट फिरोजलगायत त्रिचन्द्र र तिरोज सिंहले खोलेका हुन् ।

 

Categorized in उपत्यका