STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पूर्वराष्ट्रपतिबाट तेज–तीर्थ पुरस्कार वितरण

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ पौष १६, बिहिबार

काठमाडौं – पूर्वमन्त्री एवं नेवार अगुवा नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलद्वारा गठित ‘तेज–तीर्थ’ पुरस्कार आज बिहीबार गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा वितरण गरिएको छ ।

प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वराष्ट्रपति डा. यादवले लोकतन्त्र र संविधान रक्षाको लागि लाग्न सबैमा आह्वान गर्दै असंवैधानिक रुपमा भएको संसद् विघटनले नेपालको राजनीति खाडलमा परेको बताउँदै अब न्यायको लागि सबैको नजर सर्वोच्च अदालतमा रहेको बताए ।

काठमाडौं रत्नपार्कस्थित शान्तिवाटिकामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री डंगोलद्वारा गठित तेज–तीर्थ नेपालभाषा पुरस्कार साहित्यकार नारायणदेवी श्रेष्ठ र योगेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । सो पुरस्कार छनोट समितिका सदस्य एवं नेपालभाषा केन्द्रीय विभागका प्रमुख प्राडा ओमकारेश्वर श्रेष्ठले नेपालभाषामै सम्मानपत्र पढेर सुनाएका थिए ।

यसैगरी, सम्मानपत्रसहित एक लाख नगद पुरस्कारको तेज–तीर्थ लोकतन्त्र र शान्ति पुरस्कार शिव कंगाललाई दिइएको थियो । 

यसैगरी, सम्मानपत्रसहित ५०–५० हजार नगद राशिको तेज–तीर्थ पत्रकारिता पुरस्कार युवा पत्रकार अजय शिवाकोटी र निर्मला आचार्यलाई दिइएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य दिँदै दाता तेज–तीर्थ ट्रष्टका अध्यक्ष तीर्थराम डंगोलले राष्ट्रियता जोगाउन समाजलाई राम्रो मार्गमा दोहो¥याउने व्यक्तित्वहरुलाई वर्षेनी सम्मान गर्दै आइरहेको बताए । कोरोना महामारीका कारण यसपटक राष्ट्रिय मेलमिलाप दिवसको दिनमा पुरस्कार वितरण गर्न पाउँदा खुशी लागेको डंगोलले बताए ।

कार्यक्रममा पूर्व रक्षामन्त्री एवं पूर्वसांसद् भीमसेनदास प्रधानले वर्तमान राजनीतिक स्थितिलाई लिएर सबैले चिन्ता व्यक्त गर्नुपर्ने समय आएको भन्दै ओली सरकारले चुनाव नगर्ने चतुर¥याइँ गरिरहेको बताए ।

 

Categorized in उपत्यका