STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मेयरद्वारा पूर्वजनप्रतिनिधि नेवाःलाई निवासमै पुगेर जनकमान श्रेष्ठ स्वशासन पुरस्कार प्रदान

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष १, बुधबार

काठमाण्डौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य सहितको टोली  पूर्व जनप्रतिनिधि   चन्द्रानन्द नेवाःको निजी निवास म्हय्पिस्थित निर्मल लामा मार्ग पुगेर  काठमाडौं महानगरपालिकाले यसै वर्ष महानगर दिवसका अवसरमा स्थापना गरेको ‘स्व. जनकमान श्रेष्ठ स्वशासन पुरस्कार’ उहाँलाई प्रदान गर्नु भएको थियो  । धेरैपटक निर्वाचित जनप्रतिनिधिका रूपमा उहाँले महानगरलाई गर्नु भएको सेवाको कदर गर्दै सो सम्मानबाट उहाँलाई सम्मानित गरिएको थियो ।

अहिले जीवनको ८८ अौं वर्षमा रहनु भएका नेवाः प्रतिकुल  स्वास्थ्यस्थितिका कारण पुरस्कार ग्रहण गर्न आउन नसक्ने भएका ले उहाँलाई प्रदान गरिएको रु. एक लाखको उक्त पुरस्कार र सम्मानपत्र हस्तान्तरण गर्न प्रमुख शाक्यसँगै प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्ष  न्हुच्छेकाजी महर्जन उहाँको निजी निवासमै पुग्नु भएको थियो । कुनै समय किलागलमा निर्मल लामा लगायतका नेतालाई सेल्टर दिनुभएका नेवाः अहिले निर्मल लामा मार्गकै साढे दुई तले निजी निवासमा बुढ्यौली जीवन व्यतित गरिरहनु भएको छ । 

पहिलो पटक २०१९ सालमा स्थानीय निर्वाचनबाट वडा सदस्य निर्वाचित भई जनप्रतिनिधिको हैसियतमा जिम्मेवारी सम्हाल्नु भएका नेवाःले पछिल्लो पटक २०५९ सालसम्म जनप्रतिनिधिकै हैसियतमा सेवा गर्नुभएको थियो । अहिलेको वडा नंं. १८ चन्द्रानन्द नेवाः वडा अध्यक्ष हुँदा वडा १२ थियो । त्यही वडाबाट स्वतन्त्र वाम उम्मेद्वारका रुपमा वडा सदस्यमा पहिलो पटक निर्वाचित हुनु भएका नेवाः उप–प्रधानपञ्च हुँदै २०३२ सालपछि कार्यबाहक प्रधानपञ्चको समेत जिम्मेवारीमा रहनुभएको थियो ।

Categorized in उपत्यका