STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जोरबिजोर प्रणाली हटाइयो

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २, बिहिबार

काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा लाग्दै आएको जोरबिजोर प्रणाली अन्त्य भएको छ । बिहीबार स्थानीय प्रशासन र यातायात व्यवसायीबीच ४ महिनादेखि लाग्दै आएको जोरबिजोर प्रणाली शुक्रबारदेखि अन्त्य गर्ने सहमति भएको हो । 

जोरबिजोर प्रणालीको अन्त्य गर्नुपर्ने माग गर्दै आएका यातायात व्यवसायी तथा मजदूरहरुले शुक्रबारदेखि जोरबिजोर प्रणालीको अवज्ञा गर्ने घोषणा गरेसँगै प्रशासन आफ्नो पूर्वनिर्णयबाट पछि हटेको हो ।  

बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा यातायात मजदुरका प्रतिनिधिको सहभागिता थियो । सो बैठकले गत साउन २१ गतेदेखि लाग्दै आएको जोरबिजोर प्रणाली हटाउने एक बुँदे सहमति गरेको हो । 

 

बिहीबारको सहमति अनुसार यातायात व्यवस्था विभागले यसअघि जारी स्वास्थ्य मापदण्ड व्यवसायी र मजदुरले पालना गर्नुपर्नेछ ।

Categorized in उपत्यका