STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

कीर्तिपुरमा ‘झीगु होमस्टे’ खुल्दै

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २, बिहिबार

कीर्तिपुर – कीर्तिपुर २ वडा द्यःध्वाखास्थित खोनाहितिमा नयाँ होमस्टे खुल्ने भएको छ ।

‘झीगु होम स्टे’ (हाम्रो होम स्टे) नामबाट यही शनिवाः सो होमस्टेको उद्घाटन हुन लागेको संचालिका राज्यलक्ष्मी शाक्यले बताउनुभएको छ ।

सो होमस्टेलाई शाक्यसहित सुचिता श्रेष्ठ र कुसुम महर्जनले संयुक्त रुपमा संचालन गर्न लागेको हो ।

होमस्टे उद्घाटन २ वडाध्यक्ष रमेशमान डंगोलको प्रमुख आतिथ्यमा हुन लागेको हो ।

स्वदेशी एवं विदेशी पर्यटकलाई लक्षित गरिएको होमस्टे यसअघि सिटिइभिटी कलेजको होस्टेलको रुपमा पनि संचालन हुन लागेको तर कोरोना भाइरस महामारीको कारण यसले होमस्टेको रुप लिएको संचालक श्रेष्ठले जनाएका छन् ।

 

Categorized in उपत्यका