STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

आजबाट जोरबिजोरको अवज्ञा

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २, बिहिबार

काठमाडौं – यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रुपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो ।

उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् । साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ ।

जोरबिजोर प्रणालीमा सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

फाइल तस्बिर

Categorized in उपत्यका