STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवाः युट्युबका विजयरत्नलाई सुशासन पत्रकारिता पुरस्कार प्रदान

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २९, सोमबार

काठमाडौं महानगरपालिकाको आयोजनामा २६ अौं महानगर दिवस आज सम्पन्न भएको छ ।  विगत २६ वर्ष देखि हरेक वर्ष काठमाडौँ महानगरपालिकाले मंसीर २९ गते स्थापना दिवस मनाउँदै आएको छ ।   वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएकोे दिनलाई आधार मानेर यो वर्ष पनि मंसिर २९ गते अर्थात भोलि सोमबार महानगरपालिकाले आफ्नो २६ औं महानगर दिवस विविध कार्यक्रमसहित सम्पन्न गरेको छ ।    

महानगर दिवसको अवसरमा अाज सम्पन्न समारोहमा नेवाः युट्युबका  बिजयरत्न असंबरे  लगायत विभिन्न संचार माध्यममा कार्यरत दस जना पत्रकारहरुलाई काठमाडौँ महानगरपालिका सुशासन पत्रकारिता पुरस्कारबाट  सम्मान गरेको छ ।  उक्त सम्मानबाट न्युज एजेन्सी नेपालबाट कृष्णा पौडेल, नयाँ पत्रिका दैनिक बाट प्रकाश धौलाकोटी, बिजमाण्डु डटकमबाट दिनेश खड्का, थाहाखबरबाट अतिन आचार्य, खवर हब डटकमबाट सबिना कार्की, कान्तिपुर टिभीबाट सृजना बास्तोला, नामी साप्ताहिकबाट श्याम स्मृत, लहनान्युज डटकमबाट सुरेन्द्रभक्त श्रेष्ठ र   प्रकाशन संस्थाका रुपमा नेपाल भाषा टाईम्स लाई सो पुरस्कार प्रदान गरिएको छ ।

काठमाण्डौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य को अध्यक्षतामा   राष्ट्रिय सभागृहमा भएको महानगर दिवसको समारोहमा संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री हृदयेश त्रिपाठी प्रमुख अतिथी र विशिष्ट अतिथीको  रुपमा शहरी विकाश राज्य मन्त्री रामबीर मानन्धर उपस्थित हुनु भएको थियो । समारोहमा मृगौला बचाउ अभियानका डा ऋषि प्रसाद काफ्ले  विशेष अतिथी का रुपमा रहनु भएको थियो ।

काठमाडौँ महानगरपालिकाले    मृगौला बचाउ अभियान संगको सहकार्य मा ‘स्वस्थ मिर्गौला स्वस्थ काठमाडौँ’ कार्यक्रम घोषणा गरेको छ । २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाले आज यस्तो घोषणा गरेको हो । समृद्धिको आधारलाई आत्मसात गर्दै जनस्वास्थ्य सम्वन्धी सेवालाई बढी प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाले तय गरेको जनस्वास्थ्य नीति कार्यन्वयन गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ, कम खर्चिलो तथा गुणस्तरीय एवं भरपरर्दो बनाउने योजना अन्तर्गत मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा यो कार्यक्रम घोषणा गरेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । 

 सो समारोहमा ज्यापु समुदायका ६३ वटा परम्परागत गुथि, खड्गी समुदायका ६० वटा परम्पराग गुथिका बाजं गुरु, २३ वटा गुंला बाजं खलः, इन्द्रजात्रामा निस्कने लाखे, पुलुकिसि, दीप्याखं, सवःद्यः का साथै जनबहाःद्यःको पँय्ताः बाजं लाई पनि सम्मान गरिएको छ ।

त्यस्तै गरी नेपालका प्रथम जन निर्वाचित मेयर जनकमान श्रेष्ठको नाममा स्थापित स्वशासन पुरस्कार पुर्व वडा अध्यक्ष चन्द्रानन्द नेवाः लगायतलाई प्रदान गरिएको छ । समा्ोहमा सुनचाँदी सहितको पदकका साथमा सहित जनही एक एक लाख रुपिंया सहितको महानगर सेवा पदक दस जनालाई प्रदान गरिएको छ ।

Categorized in उपत्यका