STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ईन्द्रजात्राका गणेश र भैरव फेरिए

Janjati Khabar – Janjati Khabar | २०७७ पौष ४, शनिबार

काठमाडौं – ईन्द्रजात्रा (येँयाः) मा कुमारीसँगै रथयात्रा गर्नुपर्ने देवहरु गणेश र भैरव फेरिएका छन् । 

शुक्रवार नरदेवीका साढे ४ वर्षीय रोदिन शाक्य गणेशका रूपमा छानिएका छन् । यस अघिका गणेश समवेग शाक्य थिए ।

त्यसैगरी शनिवार जैसिदेवलका साढे तीन वर्षका कर्शनब शाक्यको भैरवको रुपमा छनौट भएका छन् । उनको भोली पूजाविधि साथ प्रतिस्थापन हुँदैछ ।

यस अघि भैरवको रुपमा रूजन शाक्य थिए । समवेग र रुजन १४ वर्ष भइसकेका छन् । 

अब अवकाश नपाएसम्म उनीहरू पनि कुमारी झैं जात्रापर्वमा देवता भेषमा बस्नुपर्छ । 

कुमारीले प्रायः १२ वर्ष हुँदा अवकाश पाए पनि शाक्य परिवारका छोरा १४ वर्ष उमेरसम्म जीवित देवता गणेश र भैरवका रुपमा रहन्छन । 

कुमारी, गणेश र भैरवको रथयात्रा कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले चलाएको हुन् ।

तस्बिर नवनियुक्त श्रीगणेश राेदिनमान शाक्य / तस्बिर साैजन्य : इनडेप्थनेपाल फेसबुक

 

Categorized in उपत्यका