STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मैजुबहाल चक्रपथमा आठ करोडको लागतमा बनेको कालोपत्रेको मेयरद्वारा अनुगमन

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ पौष ३, शुक्रबार

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईसहितको टोली चावहिल मैजुबहाल चक्रपथ पुगेर आठ करोडको लागतमा बनेको चक्रपथको अवलोकन गर्नु भएको छ । त्यही टोलीमा वडाध्यक्ष शुद्धकुमार डंगोल, काठमाडौँ महानगरपालिका सहरी पूर्वाधार विभागका प्रमुख राम थापालगायत पनि सहभागी हुनुहुन्थ्यो । 

लामो समयदेखि नगरविकास आयोजनाले समेत अलपत्र छाड्दै आएको मैजुबहाल चक्रपथको करीब २ किलोमिटर बाटो मेयर शाक्यहितको टोली पुग्दा धमाधम कालोपत्रे भैरहेको थियो । 

सल्लाहकार भट्टराईले सन्तोषजनक रुपमा काम अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले काठमाडौँ महानगरपालिकाको विशेष पहलमा काम सम्पन्न हुने चरणमा पुगेको भन्दै आगामी दिनमा यसको संरक्षणको दायित्व टोलबासीको भएको बताउनुभयो ।  

वडाध्यक्ष डंगोलले पनि उम्मेदवार बनेकै बेला निर्वाचित भएपछि विकास निर्माणको जिम्मा लिने प्रतिवद्धता व्यक्त गरेको भन्दै आज प्रतिवद्धता पूरा हुने चरणमा रहेको बताउनुभयो । नगर विकासले अलपत्र पारेर छाडेको मैजुबहाल चक्रपथको कालोपत्रे गर्ने काम महानगरपालिकाले सम्पन्न गरेको बताउनुभयो र यो महानगरपालिकाको भौतिक पूर्वाधारको क्षेत्रमा सायद सबै भन्दा ठूलो बजेट हुनुपर्छ  भन्दै यति धेरै बजेटमा यहाँको काम सम्पन्न गर्न पाउँदा खुशी लागेको छ  भन्नुभयो । वडा अध्यक्ष डंगोल ले  अन्य विकास निर्माणका कामलाई पनि आफ्नै कार्यकालमा पूरा गर्ने गरी लाग्ने प्रतिबद्धता जनाउनु भयाे । उहाँले मैजुबहाल चक्रपथको करीब २ किलोमिटर कालोपत्रे गर्ने, विजुलीका पोल सार्नेलगायतका कार्यका लागि करीब ८ करोड ५० लाखको योजना भएको सुनाउनुभयो ।

Categorized in उपत्यका