सिनेमा
-
२०७९ भाद्र २४, शुक्रबार
नेपाली चलचित्रको श्रीबृद्धिका लागि एक हुन परिवर्तन नेपालको आह्वान
नेपाली चलचित्रलाई धराशायी पार्ने षडयन्त्र र बिदेशी चलचित्रको पक्ष पोषण गर्ने हालैको कृयाकलाप प्रति नेपालको कला , संस्कृतिको क्षेत्रमा सकृय रहँदै आएको परिवर्तन नेपाल ले आफ्नो ध्यानाकर्षण भएको कुरा केन्द्रिय अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । अस्पष्ट सरकारी नीति,चलचित्रकर्मीहरूको उदाशीनता,बिदेशी चलचित्रको अनाधिकृत प्रभाव र सरोकारवालाको संवेदनहिनताको कारण नेपाली चलचित्र...
-
२०७९ भाद्र २३, बिहिबार
नेपालभाषाको बहुचर्चित र बहुप्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक
नेपालभाषामा निर्माण भएको बहु चर्चित र बहु प्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे परम्परागत मुकुण्डो का साथमा मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ । बिके फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्र नेपालभाषाका ख्यातिप्राप्त निर्दशक...
-
२०७९ भाद्र २१, मंगलबार
बाल यौन दुरुपयोगकाे मुद्दामा पल शाहलाई साढे २ वर्ष कैद सजाय
काठमाडौं - नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजायँ पाएका छन् । जिल्ला अदातल, नवलपुरका यज्ञप्रसाद आचार्यको मंगलबारको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । गत चैतमा पीडितका बाबुले प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह आफैँ प्रहरीकहाँ उपस्थित भएका थिए ।...
-
२०७९ भाद्र १८, शनिबार
प्रसिद्ध भेषभुषा संयाेजक र कला निर्दशक जुङ्गे भट्टराईको निधन
नेपाली चलचित्र उद्योगमा जुङ्गे भट्टराईको उपनामले ख्यातिप्राप्त चलचित्र कला निर्देशक,भेषभुषा संयोजक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । उनी विगत एक बर्षदेखि आफ्नो गृहनगर बैतडीको पाटन बस्दैआएका थिए भने लामो समयदेखि स्वास–प्रस्वास सम्बन्धी रोगले ग्रसित थिए ।उनी उपचारकोलागि काठमाडौं आउने क्रममा यात्रामा थिए । सोहि क्रममा शनिबार बाटोमा नै उनको निधन भएको हो। जुङ्गे भट्टराईका ज्येष्ठ...
-
२०७९ भाद्र १६, बिहिबार
चलचित्र निर्माता संघको अध्यक्षमा खड्का र महासचिवमा थापालगायत सम्पूर्ण कार्यसमिति निर्विरोध
नेपालका चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको भदौ १८ गते हुने अधिवेशनको लागि गरिएको निर्वाचन आह्वान गर्दा अध्यक्षमा अभिनेता, निर्देशक तथा निर्माता नवल खड्का बाहेक अरुको मनोनयन दाखिला नहुँदा उनी निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा चलचित्रकर्मी खड्काको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध...
-
२०७९ भाद्र ३, शुक्रबार
"कैदीको पत्र"को ट्रेलर सार्वजनिक
सामाजिक यथार्थवादी कथामा आधारित इन्टरनेशनल नेपाली चलचित्र "कैदीको पत्र"को ट्रेलर विश्वव्यापी सार्वजनिक गरिएको छ। भगवान श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ट्रेलर बेलायतबाट नै विश्वव्यापी सार्वजनिक भएको यो चलचित्र "कैदीको पत्र" बेलायतबाट निर्मित तथा सनम कुमार बैरागव्दारा निर्देशित चलचित्र हो । "कैदीको पत्र"बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गिय ईश्वर मानन्धरको कथा संग्रह...
-
२०७९ श्रावण ३१, मंगलबार
विशिष्ट अभिनेता कृष्ण मल्ल लगायतका व्यक्तित्वहरु सम्मानित
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासको मोडेल नेपालकै जस्तो हुनुपर्ने बताउनु भएको छ । विगतमा कसैले स्विट्जरल्यान्ड, सिंगापुर, जापानजस्तो बनाउने भनिएको उल्लेख गर्दै उहाँले नेपाललाई आफ्नै मोडेलमा विकास गर्नुपर्ने कुरामा जोड दिनु भयाे । सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रमूख अतिथीका रुपमा सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले...
-
२०७९ श्रावण २६, बिहिबार
भुवन केसीको नियुक्तिविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता
काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अध्यक्षका पाँच दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएका हुन् । अध्यक्षमा नियुक्ति हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने तर, केसीको योग्यता नपुगेको भन्दै उनीहरुले नियुक्ति खारेजीको...
-
२०७९ श्रावण २६, बिहिबार
जेठो संस्था चलचित्र संघले चलचित्रकर्मीहरुलाई सम्मानित गर्ने
नेपालको चलचित्र सम्बन्धी सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघ अन्तर्गत रहेका नेपाली चलचित्र क्षेत्रमा स्थापित व्यक्ति तथा सस्ंथाहरुले आफ्ना अभिभावक र सस्ंथाको नाममा नेपाली चलचित्र क्षेत्रको विभिन्न विधामा योगदान पु¥याएकाहरुको स्मृतिमा नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोष स्थापना गरी नेपाली चलचित्र क्षेत्रका विभिन्न विधाहरुम निरन्तर योगदान दिनुहुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा...
-
२०७९ श्रावण २१, शनिबार
नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल
वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त हुनुभएको छ । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त हुनुभएको हो । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ अगाडि बढिरहेको र सदा सकृय भई अगाडि बढीरहने प्रतिबद्धता पोख्नु भयाे । यसैगरी, सोसाइटीको तीन उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण...
-
२०७९ श्रावण २१, शनिबार
विश्व आदिबासी दिवसको अवसरमा चलचित्र र सांस्कृतिक कार्यक्रम सम्पन्न
अठ्ठाइसौं विश्व आदिबासी दिवसको अवसरमा नेपाल आदिबासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिबासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा प्रमूख अतिथीका रुपमा रहनु भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिबासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षेत्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ । नेपाल पर्यटन...
-
२०७९ श्रावण १९, बिहिबार
काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ को पुरस्कार वितरण तथा पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन सम्पन्न
छायाँछबि क्रियसनले आयोजना गरेको छैठौं काठमाण्डौ सर्टफिल्म फेष्टा २०७९ मा हिमाल उप्रेती निर्देशित सर्टफिल्म ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गर्न सफल भएका छन् । मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा सम्पन्न भएको ‘छैठौं काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु चलचित्र...



