STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सोमबार देशभरिका फिल्म हल बन्द हुने

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २५, शनिबार

काठमाडौं - सोमबार देशभरिका फिल्म हल बन्द हुने भएका छन्। नेपाल चलचित्र संघले विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरुले संघका सदस्यहरुको मानमर्दन हुनेगरी अनर्गल आरोप लगाएको भन्दै विरोधस्वरुप फिल्म हल बन्द गर्ने निर्णय गरेको हो।

संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली दर्शकहरुलाई उच्च प्राथमिकतामा राख्दै र विशेषगरी युवा वर्गहरुको चलचित्र हेर्ने इच्छालाई ध्यानमा राख्दै उत्कृष्ट सेवाका साथै उत्कृष्ट नेपाली तथा विदेशी चलचित्रहरुलाई हाम्रा सदस्य प्रदर्शकहरुले प्रदर्शन गर्दै आइरहेका छन्। तर यही क्रममा विगत केही समयदेखि आफ्नो व्यक्तिगत स्वार्थबाट अभिप्रेरित भई केही चलचित्र क्षेत्रका समूहहरुले हाम्रा सदस्यहरुप्रति अनर्गलरुपमा मानमर्दन हुने खालका अभिव्यक्ति र व्यवहार गर्ने, कोरोनाबाट आक्रान्त चलचित्र क्षेत्रलाई सरकारबाट संरक्षण गर्नुको साटो चलचित्र क्षेत्रलाई धरासायी बनाउने उद्देश्यले चलचित्र आयातमा बाधा उत्पन्न गराउने, हाम्रो स्वतन्त्र व्यवसायमाथि नियन्त्रण गर्न खोज्ने, चलचित्र जाँच पास गर्दा अनावश्यक दुःख दिनेजस्ता कार्यहरुको कसरी विरोध गर्ने भन्ने सम्बन्धमा बहस र छलफलमा रहेको हुँदा हाम्रा सदस्यहरुले आगामी दिनमा प्रदर्शनमा आउने कुनै पनि शो को अग्रिम बुकिङ नखोलेको हो।’ 

सबै प्रकारका आरोप, बाधा विरोधको विरुद्धमा आन्दोलनमा जानेसंघले निर्णय गरेको छ। आन्दोलनको संकेतस्वरुप भदौ २७ गते नेपाल भरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने निर्णय गरेको हो।  

Categorized in सिनेमा