STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७८ फाल्गुण १५, आइतबार

    "कर्म" चलचित्रको आम्दानी बौद्ध विहारहरुलाई दान दिइने

    बुद्धकालिन कथा बस्तुमा आधारित नेपालभाषा चलचित्र ‘कर्म’ को प्रिमियर सो सम्पन्न भएको छ  भने यस चलचित्रको प्रदर्शनबाट संकलन भएको सम्पूर्ण रकम बौद्ध विहारलाई नै प्रदान गरिने कुरा बताइएको छ । त्यसैले नेपालभाषाको चलचित्रलाई माया गर्ने दर्शकहरुले अवश्य पनि एक पटक ‘कर्म’ चलचित्र हेरी दिनु हुनेछ भन्ने विश्वास रहेको कुरा यस चलचित्रका निर्देशक रामकृष्ण खडगी ले बताएका छन् । गुण फिल्मस्काे ब्यानरमा निर्माण...

  • २०७८ फाल्गुण १२, बिहिबार

    “म यस्तो गीत गाउँछु–२” कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर सम्पन्न

    मेरो एउटा साथी छ , धन्धा, के यो माया हो , रामकहानी लगायतका चलचित्रका निर्देशक सुदर्शन थापा निर्देशित अनि  पल शाह र पुजा शर्मा अभिनित “म यस्तो गीत गाउँछु–२” को  बुधबार कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर शो सम्पन्न भएको छ । यही फागुन १३ गतेदेखि कीर्तिपुर सिनेप्लेक्स लगायत देशभरि रिलिज हुने यस नेपाल चलचित्रमा संगीत साधनालाई राम्ररी प्रस्तुत गरिएको छ ।  निर्देशक सुदर्शन थापाको यस चलचित्रको प्रिमियर...

  • २०७८ फाल्गुण ११, बुधबार

    पल शाहविरुद्ध बलात्कार कसूरमा किटानी जाहेरी

    काठमाडौं - अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा एक गायिकाले किटानी जाहेरी गर्दा गराएकी छन् । उनले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ । एउटा म्यूजिक भिडियोको...

  • २०७८ माघ १२, बुधबार

    डा. रिजालले " ह्यारीकि प्यारी " बनाउने

    नेपालको पहिलो गीति चलचित्र " गौंथली" लगायतका का एक जमानामा एकसे एक हिट फिल्म दिएका निर्माता, गायक तथा गीतकार डा. भोला रिजाल दुई दशक लामो अन्तरालपछि पूनः फिल्म निर्माण गर्ने भएका छन्। डा. रिजाल " ह्यारीकि प्यारी " नामक रोमान्टीक कमेडी फिल्मबाट पूनः फिल्म निर्माणको क्षेत्रमा फर्किएका हुन्। ह्यारीकि प्यारीको सोमबार पर्वतको भुक देउरालीमा मुहुर्त गरी सुटिङ शुरु गरिएको छ। यो फिल्म ख्यातिप्राप्त स्त्री...

  • २०७८ माघ १२, बुधबार

    बाहुबलि का निर्देशकले नेपाली चलचित्रलाई सघाउने

    दक्षिण भारतीय फिल्मका विश्व विख्यात निर्देशक एसएस राजामौलीले नेपाली फिल्म निर्माणमा सहयोग गर्ने भइको छ । भारत कै सर्वाधिक लागतमा बनेका मगधिरा , बाहुबलि लगायतका फिल्म बनाएका निर्देशक राजामौलिको "आर आर आर" प्रदर्शन कालागि तयार भएको छ भने  उनले  लामो समयदेखिको खोज, अध्ययन तथा अनुसन्धान पश्चात  निर्माण हुन लागेको ऐतिहासिक नेपाली फिल्म ‘सिन्धुलीगढी’ ले नेपाल चलचित्र विकास बोर्डबाट विधिवत रुपमा छायांकन...

  • २०७८ माघ ४, मंगलबार

    ललितपुर सुनागुथिका बाबु–छोरी कृष्णभक्त महर्जन र सोनम महर्जनको धमाका : “नाच न माया नाच न...” भन्दै दमदार म्यूजिक भिडियोमा

    ललितपुरको ऐतिहासिक नेवाः बस्ती सुनागुथिका नामुद संगीतकर्मी कृष्णभक्त महर्जन हाल सबपरिवार हङकङमा बस्नु हुन्छ । हङकङको व्यवसायिक व्यस्त जीवनमा पनि उहाँले आफ्नो मातृभाषा नेपालभाषादेखि खस नेपाली भाषाको माध्यमबाट गीत संगीत सिर्जना गर्नमा निरन्तर रुपमा समय दिदै नयाँ नौला स्वादका संगीतहरु पस्की रहनु हुन्छ ।  बेग्लै पहिचानरुपी गीत संगीत सिर्जना गर्न सिपालु संगीतकर्मी कृष्णभक्त महर्जनले हालै मात्र...

  • २०७८ माघ १, शनिबार

    बर्लिन फिल्म फेस्टिबलमा नेपाली फिल्म 'फोर नाइट्स' छनाेट

    ७२औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा नेपाली लघु फिल्म 'फोर नाइट्स' छनोटमा परेको छ । लघु चलचित्रहरूको मुख्य प्रतिस्पर्धामा संसारभरिबाट छानेका २१ चलचित्रमध्ये दीपक रौनियारले निर्देशन गरेको चलचित्र 'फोर नाइट्स' छनोटमा परेको हो ।  १६ मिनेट अवधिको उक्त फिल्ममा कलाकार दयाहाङ राई र आशा मग्रातीको अभिनय छ । आगामी फेब्रुअरी २० मा हुने उक्त फेस्टिबल विश्वका तीन ठूला फेस्टिबलमध्येको एक हो । ...

  • २०७८ पौष १०, शनिबार

    सिमानाको पीडा बोकेको चलचित्र ‘काँडेतार’ शुटिङ सम्पन्न

    सिमानामा काँडेतार बारले मुलुक बीचमा नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसंगको सदभाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र‘काँडेतार’ को सम्पूर्ण शुटिङ्ग समाप्त भएको छ । आफ्ना अघिल्ला चलचित्र निर्माणमा आईपरेको अड्चन सम्झदै निर्माता, निर्देशक नवल खड्काले विगतमा देशभक्तिपुर्ण चलचित्रहरूलाई विभिन्नथरिका तत्वहरूबाट गरिएका कर्तुतलाई स्मरण गर्दा थप चुनौति बढ्दै छ भन्ने लागेको छ । त्यसैले...

  • २०७८ पौष २, शुक्रबार

    नेपाली संस्कृति जोगाउने अभियानमा कलाकर्मि

    नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान अन्तर्गत शुक्रबार पर्चा बितरण र मौन प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । गत हप्ता राजधानीमा एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानले शुक्रवार राजधानीका विभिन्न स्थानहरु पुतलिसडक,बागबजार,डिल्लिबजार,धोविधारा लगाएतका क्षेत्रमा अपिल बितरण लगाएत मौन प्रदर्शन गरेको छ । पहिलो चरण अन्तर्गत उपत्यकाका विभिन्न स्थानहरुमा...

  • २०७८ मङ्सिर २७, सोमबार

    बुद्धकालिन कथामा बुद्धावदान

    विश्वमा शान्तिदुत मानिएका महामानव   बुद्ध कालिन कथामा अाधारित बुद्धावदान  नामक एक सिरियलको रौतहटमा छयाङ्कन सम्पन्न गरिएको छ । रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ३ स्थित मैरामा र चोचामा बुद्धावदान नामक सिरियलको छयाङ्कन सम्पन्न गरिएको हो । गौतम बुद्ध नेपालमा जन्मिएको भएपनि उनको जीवन मा  आधारित चलचित्र,डकुमेन्ट्री वा सिरीयल अादि नेपालमा खासै निर्माण नभएको देखेर आफ्नो टिमले बुद्धावदान सिरीयल...

  • २०७८ मङ्सिर १९, आइतबार

    किम्फमा २८ देशका ५ दर्जन चलचित्र प्रदर्शन गरिने

    १९ मंसिर, काठमाडाैँ - काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण मंसिरको तेस्रो साता हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही मंसिर २३ देखि २७ गतेसम्म महोत्सव आयोजना हुने जानकारी दिएको हो । किम्फको यो संस्करणमा वृत्तचित्र, फिक्सन, प्रयोगात्मक, लघु चलचित्र र एनिमेसन गरी विभिन्न २८ देशका ६० भन्दा बढी चलचित्रको अनलाइन र प्रत्यक्ष प्रदर्शन गरिने भएको छ । यो वर्ष...

  • २०७८ मङ्सिर १, बुधबार

    चलचित्र कलाकार संघले सदस्यता दिने कार्य स्थगित

    नेपालका चलचित्र कलाकारहरुको छाता संगठनका रुपमा रहेको चलचित्र कलाकार संघले सदस्यता दिने कार्य हाललाई  स्थगित गरेको छ ।   चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको अध्यक्षतामा कार्तिक २५ गते बसेको कार्यकारिणी समितिको बैठकले यसरी  संघले कलाकारहरूलाई प्रदान गर्दै आएको सदस्यता र सदस्य कलाकारहरूको निवेदन अनुसार प्रदान गर्दै आएको सिफ़ारिश हाललाई स्थगित गर्ने निर्णय गरेकोछ ।साथै बैठकले हाल सम्म...

Pages