सिनेमा
-
२०७८ आषाढ ९, बुधबार
मानतवातावादी कर्ममा चलचित्र कलाकार संघको एक्यबद्धता
नेपाल चलचित्र कलाकार संघका सल्लाहकार,निर्माता,अभिनेता,राजनीतिक कर्मी श्री मदुकुमार श्रेष्ठबाट कोभिड माहामारी को समयमा कोविड १९ मा अस्पताल मा जान नपाउने दिनदुखि का लागि आफ्नो नीजि गाडीलाई अक्सिजन सहित् को "एम्बुलेन्स “ बनाई सेवा प्रदान गर्नु भएकोमा नेपाल चलचित्र कलाकार संघले खुशी व्यक्त गरेको छ । उहाँले घर घरमा डाक्टर लगेर "निःशुल्क स्वास्थ्य सेवा" ,औषधि खरिद गर्न नसक्नेलाई औषधी तथा नगद ,...
-
२०७८ आषाढ ४, शुक्रबार
कलाकार संघद्वारा चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई सहयोग
चलचित्र बिकाश बोर्डले बिपदमा परेका चलचित्रकर्मिहरु लाई राहत प्रदान गर्ने उद्देश्यले हालै मात्र गठन गरेको चलचित्रकर्मी बिपद ब्यबस्थापन कोषलाई नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालय र नेपाल चलचित्र कलाकार संघ युके शाखाको तर्फबाट क्रमश: तीस हजार रुपिंया र पचीस हजार रुपिंया गरी जम्मा पचपन्न हजार रुपिंया हस्तान्तरण गरेको छ । बिहिवार एक कार्यक्रमका बीच संघका केन्द्रीय अध्यक्ष रवीन्द्र खडका...
-
२०७८ जेठ ७, शुक्रबार
भर्चुअल रुपमा चलचित्र पत्रकारिता दिवस सम्पन्न
चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नौ ‘२२ औं बार्षिक उत्सव तथा १९ सौं चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थीतिमा बार्षिक उत्सव मनाएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम...
-
२०७८ जेठ २, आइतबार
प्रसिद्ध चलचित्र निर्देशक चेतन कार्कीको निधन
प्रसिद्ध चलचित्र निर्देशक , लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ । कोरोना संक्रमण भएपछि वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचाररत कार्कीको आइतबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । निर्माण नियन्त्रकबाट फिल्मी करियर शुरु गरेका ८४ वर्षिय कार्कीले विश्वास, भूमरी, पहिलो प्रेमजस्ता फिल्मको निर्देशन गरेका थिए। उर्दु भाषाको साहित्य लेखनमा समेत निपुण...
-
२०७८ जेठ १, शनिबार
सलमान खानको राधे सेन्सर बिना नै फिल्म प्रदर्शन भएकोमा कलाकार संघको ध्यानाकर्षण
नेपाल चलचित्र कलाकार संघले एउटा प्रेस विज्ञप्ती जारी गर्दै नेपालको डिजिटल प्लेटफर्ममा सेन्सर बिना नै हिन्दी फिल्म " राधे " प्रर्दशन भएकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । संघका उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाद्वारा शनिबार प्रेसित विज्ञप्तीमा फिल्म प्रदर्शनमा आईसकेपछि सेन्सर भएको भनेर प्रचारमा आउनु र सेन्सर बोर्डका चलचित्रबिज्ञ सदस्यलाई खबर नहुनु झनै आश्चर्यलाग्दो देखिएको छ भनि उल्लेख...
-
२०७८ बैशाख ३०, बिहिबार
चलचित्र पत्रकार संघले गरे कोरोनाबाट जोगिन आग्रह
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट नेपालमा पनि तिब्र रुपमा फैलिरहेको कारणले गर्दा अग्रपंक्तिमा रहेर पत्रकारिता गर्ने आम संचारकर्मीहरुमा समेत कोरोनाको जोखिम दिनानुदिन बढिरहेको छ । यस्तो अवस्थामा संघले आफ्ना सम्पूर्ण सदस्यहरुलाई सुरक्षित भई संचारकर्ममा लाग्न अनुरोध गरेको छ । चलचित्र पकार संघ नेपाल केन्द्रिय समितिको बैशाख ३० गते भर्चुअल माध्यमबाट बसेको बैठकले...
-
२०७८ बैशाख २१, मंगलबार
फिल्म निर्माता डा. भोला रिजालका छोरा डाक्टर कपिल रिजालको अंग्रेजी फिल्मको विश्वव्यापी प्रदर्शन
गौंथली, लक्ष्मी पुजा लगायतका नेपाली फिल्म निर्माण गरेका प्रसिद्ध चिकित्सक डा भोला रिजालका बेलायतमा विगत २६ बर्षदेखि बस्दैआएका सुप्रसिद्ध दन्त चिकित्सक छोरा डाक्टर कपिल रिजालको निर्माण तथा निर्देशनमा निर्माण तथा निर्देशनमा अंग्रेजी भाषा को शर्टफिल्म कर्माः लाइफ इज ए बुमर्याङ यु गेट व्हाट यु गिभ युट्युब मार्फत विश्वव्यापी रिलिज भएको छ । डा कपिल रिजाल चिकित्सा क्षेत्रबाट फुर्सद मिलेको टाइममा...
-
२०७७ चैत्र २३, सोमबार
निर्देशक समाजको साधारणसभामा हेम लामालाई लाइफटाइम सम्मान
नेपाल चलचित्र निर्देशक समाजले आईतबार काठमाडौंमा एउटा भव्य समारोह बीच चलचित्र "आदर्श नारी"का निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ । चलचित्र विकास बोर्डमा आयोजित निर्देशक समाजको १३ औं साधारण सभामा ९४ वर्षीय लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको छ । शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाको उदघाटन...
-
२०७७ चैत्र २१, शनिबार
कलाकार संघद्वारा अग्रज कलाकार मोहन निरौलाको जन्म दिन मनाए
नेपाल चलचित्र कलाकार संघद्वारा वरिष्ठ एवं जेष्ठ अग्रज कलाकाहरुको अौपचारिक रुपमा जन्म दिन मनाउने चलनको शुरुअात गरेको छ । यसै क्रममा वरिष्ठ चलचित्रकर्मी मोहन निरौलाको जन्मोत्सवमा विशेष कार्यक्रम गरेको छ । नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष प्रवक्ता मोहन निरौलाको जन्मदिन बिहीबार कलाकार संघले औपचारिक कार्यक्रमबीच मनाइएको हो । उक्त अवसरमा कलाकार निरौलाकाले विशिष्ट पञ्चतत्वको प्रतिक पाँच वटा...
-
२०७७ चैत्र १७, मंगलबार
सिंदुरका नायक अग्रज कलाकार विश्व बस्नेत ७५ वर्षमा प्रवेश
व्यावसायिक रुपमा सफल पहिलो नेपाली चलचित्र मानिने "सिंदुर" का नायक विशिष्ट चलचित्रकर्मी अभिनेता श्रद्धेय श्री विश्व बस्नेतको ७५ अौं जन्म दिनको अवसरमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री रवीन्द्र खडकाको अगुवाईमा र विशिष्ट चलचित्रकर्मीहरूको सहभागितामा विश्व बस्नेत शुभ जन्मोत्सव कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ । आफ्नो जीवनको अाधा शताब्दी अर्थात् पचास बर्ष चलचित्रका लागि आफ्नो जीवन समर्पित...
-
२०७७ चैत्र १२, बिहिबार
धुलिखेलमा जारी छ आदिवासी जनजाति चलचित्र महासंघको कार्यशाला
आदिवासी जनजाति चलचित्र महासंघले धुलिखेल यही चैत्र १० देखि १४ गतेसम्मको पाँच दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको सहकार्य’ विषयक उक्त कार्यशाला गोष्ठिको उद्घाटन सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले बुद्ध बार एक समारोहका बीच गर्नु भएको छ । महासंघले नेपालमा लामो समयसम्म लकडाउन हुँदा सुस्ताएको आदिबासी जनजाति चलचित्र क्षेत्रलाई बिस्तारै चलायमान...
-
२०७७ चैत्र ४, बुधबार
वार्षिक साधारणसभामा चलचित्र पत्रकार संघ नेपालको कल्याणकारी काेष स्थापना
चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधारण सभा मङ्गलबार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उदघाटन समारोहमा प्रमुख अतिथि नेपाल सरकारका माननिय सुचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङ, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल...



