STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन ८, शुक्रबार

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई विश्व सामु पुर्याउने उद्देश्यले यो चलचित्र महोत्सव गर्न लागेको कुरा आयाेजक संस्थाहरू नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)ले जनाएको छ।

कोभिड-१९ ले गर्दा विश्व चलचित्र बजार नै  सुस्ताएको  अवस्थामा छ भने नेपाली चलचित्र जगत त लगभग धराशायी अवस्थामा पुगेको छ ।  यस्तो विषम परिस्थिति लाई चिर्न र सुस्त रहेको चलचित्र जगतलाई चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए ।  अध्यक्ष मल्लले यो फेस्टिभल कुनै कम्पिटिसन नभएर नितान्त नेपाली कथानक चलचित्र  , सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रबर्द्धनको लागि आयोजना गर्न लागिएको हो भनि बताए । 

फेस्टिभलका आयोजक नवराज श्रेष्ठले चलचित्र महोत्सवको मिति चाँडैनै तय गरिनेछ  भने कोरोना महामारीका कारण केही कठिनाइ भएकोले मात्रै फेस्टिभल समय निश्चित गर्न नसकिरहेको तर अब कोरोना त्रास कम हुँदै गइरहेको ले छिट्टै महोत्सवको मिति घोषणा गर्ने बताएका छन् ।

चलचित्र महोत्सवलाई भव्य रुपमा सफल पार्न सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुकहरूसँग नबराज श्रेष्ठले साथ सहयोगको अपील गरेका छन् । नेपाली चलचित्रको महत्वका विषयमा विश्वभरि प्रचार प्रसार होस् भनेर महोत्सव गर्न लागेकोले विश्वभर फैलिएर बसेका चलचित्रकर्मी तथा नेपाली चलचित्रप्रेमीहरुको सहभागिताको समेत अपेक्षा राखेको आयोजक कमिटिले जानकारी गराएको छ ।

Categorized in सिनेमा