STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मातृभाषी चलचित्र र चलचित्रकर्मीहरुले राज्यले नचिनेकाले यसतर्फ ध्यान दिनुपर्नेमा जोड

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आश्विन ३, आइतबार

ललितपुरमा शनिबार आयोजित नेवाः फिल्म सोसाईटीको आठौं वार्षिक साधारण सभा र दोश्रो अधिवेशन कार्यक्रममा बोल्दै आदीबासी जनजाति चलचित्र महासंघका अध्यक्ष सुनुवारले आदीबासी मातृभाषी चलचित्र क्षेत्रको विकासका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले मातृभाषी चलचित्रको लागि योजना ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो । प्रदेश २ को सरकारले मातृभाषी चलचित्रको लागि विभिन्न सुविधाको व्यवस्था गरिसकेको उल्लेख गर्नु हुँदै नेपालभाषाको चलचित्रको लागि वागमति प्रदेश सरकारले पनि योजना ल्याउनुपर्नेमा सुनुवारले जोड दिनुभयो । ‘अहिले तीन तहको सरकार छ, तीनै तहको सरकारसँग हामी सम्वाद गर्दैछौं । संघीयको साथमा प्रदेश र स्थानीय सरकारले पनि स्थानीय मातृभाषी चलचित्र क्षेत्रको विकासमा ध्यान पुर्‍याउनुपर्छ’ सुनुवारले भन्नुभयो । दर्ता लगायतका प्रकृया पूरा नगरी निर्माण भईरहँदा मातृभाषी चलचित्र र चलचित्रकर्मीहरुले राज्यले नचिनेको भन्दै सुनुवारले महासंघबाट सम्पूर्ण मातृभाषी चलचित्रको तथ्याङ्क संकलन गरी चलचित्र विकास बोर्डलाई बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो । 

त्यसैगरी वरिष्ठ चलचित्र पत्रकार एवं आदीबासी जनजाति चलचित्र महासंघका संस्थापक उपाध्यक्ष विजयरत्न तुलाधरले कलाकर्मिहरु संगठित हुनुपर्ने कुरामा जोड दिंदै सम्पूर्ण नेवाः चलचित्रकर्मीलाई नेवाः फिल्म सोसाईटीमा एकताबद्ध हुन आग्रह गर्नुभयो । वरिष्ठ कलाकार राजेन्द्रमान शाक्य, थाइल्यान्डका लागि नेपाल पर्यटन बोर्डका पर्यटन दूत चिरन शाक्यले चलचित्र निर्माण गर्दा गुणस्तरमा ध्यान दिन सुझाव दिँदै आफ्नो समुदायको फिल्मलाई प्रोत्साहित गर्नको लागि नेवाः समुदायलाई आग्रह गर्नुभयो । सोसाईटीका अध्यक्ष लुःजः सिंहले संस्थाका उद्देश्य र गतिविधिको बारे जानकारी दिँदै सम्पूर्ण नेवार लगायत आदिवासी जनजाति चलचित्रकर्मीहरु एकताबद्ध भई सबैको बृहत्तर हित र उत्थानमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

सो साधारण सभा तथा अधिवेशन सभाले बिराजकाजी राजोपाध्यायको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । निर्विरोध निर्वाचित सोसाईटीको नयाँ कार्य समितिको उपाध्यक्षमा दर्शनबीर शाक्य रहेका छन् । त्यस्तै महासचिवमा आभास राजोपाध्याय चुनिएका छन् भने सचिव पदमा रोहन श्रेष्ठ, कोषाध्यक्षमा सुनिता श्रेष्ठ पनि सर्वसम्मत चयन हुनु भयो । ६ जना सदस्यहरुमा रुपेन्द्रकुमार श्रेष्ठ, राजन शाही, राकेश प्रधानाङ्ग, बिशाल राजभण्डारी, कृष्णशोभा महर्जन र रोजिना सुवाल रहेका छन् । नवनिर्वाचित कार्य समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई सोसाईटीका निवर्तमान अध्यक्ष लुःजः सिंहले खादा ओढाउनु भयो भने वरिष्ठ कलाकार एवं सोसाइटीको निर्वाचन सम्पन्न गर्ने निर्वाचन प्रमुख राजेन्द्रमान शाक्यले प्रमाण पत्र प्रदान गर्नु भयो ।

निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष राजोपाध्यायले नेवाः चलचत्रिकर्मीको साथमा नेवाः चलचित्र क्षेत्रको समस्या, आवश्यकताको सम्बोधनका लागि राज्य तहमा सम्वादलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सम्पूर्ण नेवाः चलचित्रकर्मीलाई एक ढिक्का बनाउँदै आदिवासी जनजाति चलचित्रकर्मीको पनि साथ लिएर मातृभाषी चलचित्र क्षेत्रको बृहत्तर विकासमा सोसाईटीलाई सक्रिय बनाउने राजोपाध्यायको भनाई रहेको थियो ।

Categorized in सिनेमा