STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सिनेमा

  • २०७६ श्रावण २९, बुधबार

    नेपथ्य ब्याण्डको साङगीतिक माहोलमा रमाए कतारवासी नेपाली

    इस्लाम धर्मावलम्बहरूको पर्व बकरइदको अवसरमा ‘शान्तिको लागि सङ्गीत’ भन्ने नाराका साथ नेपथ्य ब्याण्डका अमृत गुरुङसहितको टोलीले कतारवासी नेपालीलाई साङ्गीतिक माहोलमा भरपुर मनोरञ्जन दिएको छ । कतारको ग्राण्ड मलस्थित एशियन टाउनको एम्पिथिएटरमा भएको कार्यक्रममा नेपथ्यका गायक गुरुङले गीत सङ्गीतकै क्रममा राष्ट्र समृद्ध बनाउन सबैजना जुट्नु पर्ने भन्दै आफ्ना निकै पुराना तथा नयाँ चर्चित गीतहरु गाएर दर्शकको मन...

  • २०७६ श्रावण २८, मंगलबार

    मनोरोगीको वेदना तीजे गीतमा

    तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीजे गीतमार्फत प्रस्तुत गर्नुभएको छ । तीज गीतको मर्म विपरीतका गीतहरु बजेर रमझम बढिरहेका बेला ढकालले सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गर्नुभएको हो । सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आउनुभएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत सङ्गीतको भूमिका महत्वपूर्ण हुने...

  • २०७६ श्रावण २७, सोमबार

    नेपालगञ्जमा बकर इदको रमझम

    इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व इद–उल–अजहा बकर इद नेपालगञ्जमा धुमधामका साथ मनाइएको छ । बकर इदका अवसरमा बिहान यहाँको विपी चोकस्थित इदगाहमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहित हजारौँको सङ्ख्यामा उपस्थित भई मुसलमान समुदायले सामूहिक नमाज प्रार्थना गरेका छन् । इदगाहमा जम्मा भएका हजारौँ मुसलमान समुदायले मुलुकमा अमनचैन र शान्तिको कामना गर्दै सामूहिक नमाज पढेको मुसलमान अगुवा समसुद्दीन...

  • २०७६ श्रावण २६, आइतबार

    लाखेनाच प्रदर्शन

    छिमेकी जिल्ला ओखलढुङ्गाका नेवार समुदायले खोटाङको दिक्तेलबजारमा लाखेनाच प्रदर्शन गरेका छन् । ओखलढुङ्गाको पारस्पारिक सहयोगी गुठी रामपुरबजारका नेवार समुदायले शनिबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार आएर दिनभर लाखेनाच प्रदर्शन गरेका हुन् । नेवार समुदायको महान् चाड लाखेजात्राको अवसर पारेर खोटाङ आएको ओखलढुङ्गाको नेवार समुदायले परम्परागत सांस्कृतिक झाँकीसहितको लाखेनाच प्रदर्शन गरेको थियो ।...

  • २०७६ श्रावण २६, आइतबार

    सिलु उत्सवमा रमाए दर्शक

    नेपाल सम्वतअनुसार दशौं महिना गुंलाको अवसरमा प्रोजेक्ट बाजा नेपालले सिलु फेस्टिभल इन दरवारको आयोजना गरेको छ । दिवंगतहरुप्रति समर्पित गुंला पर्वको अवसरमा बज्ने विभिन्न परम्परागत संगीतको प्रस्तुति रहेको उक्त कार्यक्रमको शुरुवात भने बौद्ध लिला नाचबाट भएको हो । पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित कार्यक्रममा प्रस्तुत बौद्ध लिला नाच ३८० बर्षदेखि निरन्तर संसारकै एउटैमात्र लामो समयसम्म चल्ने नाट्य...

  • २०७६ श्रावण २४, शुक्रबार

    उत्साद गोविन्दमान किपू फाउण्डेशनको कार्यक्रम

    प्रत्येक वर्ष यो वर्ष पनि पाँचौं संस्करणको रुपमा उस्ताद गोविन्द्र किपू फाउण्डेशनको आयोजनामा भब्य सांस्कृतिक कार्यक्रम लगायत जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने भएको छ । कीर्तिपुरको ३ वडामा रहेको कुतिसा टोलमा यही आउँदो भाद्र ६ गते शुक्रबार कृष्ण अष्टमिको दिन सो कार्यक्रम हुने आयोजकले जनाएको छ । सुप्रसिद्ध उस्ताद गोविन्द किपूको सम्झनामा कीर्तिपुरमा संगीत उत्थान गर्ने उद्देश्यले सो कार्यक्रम...

  • २०७६ श्रावण २४, शुक्रबार

    अब नेपालभाषाको चलचित्र पनि सिनेमा हलमा नियमित प्रदर्शन हुने

    नेपालभाषाको चलचित्र पनि अब अन्य चलचित्र जस्तै नियमित रुपमा सिनेमा हलमा देखाइने भएको छ । यसको प्रयोग सर्वप्रथम ‘लिबाये धुंकाः’ नेपालभाषाको चलचित्रबाट सुरु गर्न गइरहेको छ । यो चलचित्र आज श्रावण २४ गते शुक्रबारबाट ललितपुरको गुण सिनेमा र भक्तपुरको बाराही हलमा एकैसाथ प्रदर्शन सुरु भएको हो । हिसिमदु नामक नेपालभाषाको चलचित्रको निर्देशन गरिसक्नु भएका राजेशमान सिंहले निर्देशन गर्नु भएको यस नयाँ...

  • २०७६ श्रावण २३, बिहिबार

    तीज भड्किलो नबनाउन अपिल

    जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मानिने पर्व हरितालिका तीजलाई भड्किलो नबनाउन अपिल गरेको छ । कार्यालयले सूचना जारी गर्दै आउँदो भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तीज पर्व मौलिकता जर्गेना गर्ने गरी मनाउन अपिल गरेको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो । “...

  • २०७६ श्रावण २२, बुधबार

    प्रदेश नं. १ स्तरीय ‘ फष्ट प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ हुने

    नेपालमा अहिले चलचित्र को व्यापार खस्कँदो अवस्थामा रहेपनि चलचित्र अवार्द को संख्या भने दिन दिनै थपिंदै गइरहेको छ । यसै क्रममा नेपाली चलचित्रको विकास र प्रवद्र्धनका लागि पहिलो पटक झापाको बिर्तामोडमा प्रदेश नं. १ स्तरीय ‘ फष्ट प्रोभिन्स १ सिनेमा डिकेड अवार्ड २०७६’ हुने भएको छ । अवार्डको प्रदेश नं. १ को आयोजकका रुपमा रहेको पूर्वेली युवा क्लवले बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुराको...

  • २०७६ श्रावण २२, बुधबार

    लाखेनाच संरक्षणमा नेवार समुदाय

    पछिल्लो केही वर्षयता हराउँदै गएको लाखेनाचको संरक्षणमा यहाँका नेवार समुदायले सक्रियता देखाउन थालेका छन् । नेपालका मौलिक नाचहरुमध्ये लाखेनाच लोकप्रिय नाचको रुपमा रहे पनि युवापुस्तामा रुचि नहुँदा यो संस्कृति हराउँदै जान थालेको थियो । जात्रा वा विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखेनाच केही वर्षअघि विभिन्न अवसरमा देख्न पाइन्थ्यो । तर, पछिल्लो समय देख्न मुस्किल हुन थालेको छ । लाखे नाच्न...

  • २०७६ श्रावण २१, मंगलबार

    मगर चलचित्र निर्माणको २५ वर्ष

    काठमाडौँ । नेपालको चलचित्र क्षेत्रको लागि राज्यको एकमात्र आधिकरिक विकास चलचित्र विकास बोर्ड अन्तर्गत रहेको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्धन समितिको आयोजनामा धुलिखेलमा भएको तीन दिने कार्यशाला गोष्ठी को समापन समारोहमा चलचित्र विकास वोर्डका अध्यक्ष केशव भट्टराईले मगर चलचित्र निर्माणको रजत महोत्सव २५वर्षको लोगो पनि उद्घाटन गर्नु भएको छ । मगर चलचित्र २०५१मा लंघन चलचित्र युवराज मास्की रानामगरको...

  • २०७६ श्रावण २०, सोमबार

    बलिवुड स्टारहरु को लागु औषध सेवनको को भिडियो भाइरल

    भारत बलिवुड निर्देशक करण जोहरको आफ्नै घरमा भएको पार्टीमा बलिवुड स्टार हरुले लागु औषद सेवन गरि लठ्ठ भइरहेको भिडियो अहिले सामाजिकसञ्जालमा एकदमै भाइरल भइरहेको छ । यस भिडियोलाई भारतीय मेडियामा आलोचना भइरहेको छ । त्यस हाउस पार्टीमा मलाइका अरोरा, अर्जुन कपुर, दिपिका पादुकोण, रणवीर कपुर, साहिद कपुर, बरण धवन र अन्य स्टारहरु सामेल थिए । यो भिडियो करण जोहर आफैले सामाजिक सञ्जालमा राखेका थिए तर अहिले धेरै...

Pages