STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ओस्कार कलेजको ‘भर्चुअल फिल्म फेस्टिभल’ हुँदै

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ आश्विन २६, सोमबार

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अन्तर्गत चार वर्षे डिप्लोमा तहमा सिनेमासम्बन्धी अध्यापन हुने ओस्कार इन्टरनेशनल कलेजले भर्चुअल फिल्म फेस्टिभल आयोजना गर्दैछ ।

यही असोज ३० गतेदेखि कार्तिक २ गतेसम्म हुने दैनिक दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सो भर्चुअल फिल्म फेस्टिभल हुँदैछ ।

जूम एपमा हुने उक्त फेस्टिभलमा भर्चुअल रुपमा फिल्म सम्बन्धमा विविध प्यानल विमर्श हुने कलेजले जनाएको छ ।

भर्चुअल विर्मशमा शुक्रबार ‘नेपाली फिल्म क्षेत्रमा कार्यरत महिला निर्देशक’ विषयमा छलफल हुने कलेजले जनाएको छ ।

यसैगरी, शनिबारको भर्चुअल विमर्शमा ‘फिल्म फेस्टिभलको सम्भावना तथा अवसर’, ‘फिल्म क्षेत्रमा कार्यरत नयाँ फिल्मकर्मीहरुका चुनौति तथा अवसर’ र ‘फिल्म क्षेत्रमा कार्यरत फिल्म ग्राजुएट अभिनेता’ शीर्षमा छलफल हुने भएको छ ।

यसैगरी, आइतबार ‘फिल्म ग्राजुएट डिग्री : अनुभव र सम्भावना’, ‘कोरोना महामारीपछि नेपाली फिल्म क्षेत्र : नीतिनियम तथा चुनौति’ र ‘अन्तर्राष्ट्रिय फिल्म क्षेत्रसँगको सहकार्यमा नयाँ सिनेकर्मीको सम्भावना’ शीर्षकमा भर्चुअल छलफल हुने जानकारी कलेजले दिएको छ ।

फिल्म फेस्टिभलअन्तर्गत दैनिक साँझ ६ देखि ८ बजेसम्म कलेजकै विद्यार्थीहरुका तीनवटा छोटा फिल्महरु फेस्टिभलमा देखाउने कलेजले जनाएको छ । यसअनुसार शुक्रबार महेश्वर साम्बाहाङ्फेको ‘नाम्लो’, रिजन गजुरेलको ‘राम्रो म’ र राकेश महर्जनको ‘कल्लि’ देखाइने भएको छ । शनिबार आशुका अर्यालको ‘संकुल’, गणेशजङ्ग रावलको ‘समस्या’ र मार्टिन भण्डारीको ‘दि बाइसाइकल किड’ देखाइनेछ । फेस्टिभलको अन्तिम दिन आइतबार राजकुमार राईको ‘ढ्याङ्ग्रो’, बिजेस महर्जनको ‘अनिदो’ र निपिल शर्माको ‘अतिसर्ग’ देखाइने कलेजले जानकारी दिएको छ ।

फिल्म प्रदर्शनपछि फिल्मका निर्देशकहरुसँग फिल्मसम्बन्धमा फिल्मका निर्देशकहरुसँग छलफल गर्न सकिने पनि कलेजले जानकारी दिएको छ ।

फिल्मसम्बन्धी अध्यापन गराउने त्रिविबाट पहिलोपटक सम्बन्धन प्राप्त यस कलेजले यसअघि पनि विविध फिल्म फेस्टिभल, फिल्म प्रतियोगिता तथा मास्टर कक्षाहरु आयोजना गर्दै आइरहेको छ ।

Categorized in सिनेमा